(Japan) 3 rd July | 2022 | Sunday | 6:18:29 AM || (Nepal) 3:03:29 AM
 
 

जापान बिदेशी अनुदान सम्वन्धी नीति संसोधन गर्दै

  POSTED ON : Wednesday, 18 May, 2022 | Views : 774

जापान बिदेशी अनुदान सम्वन्धी नीति संसोधन गर्दै


टोकियो, जापान ।

जापानले आफ्नो विकास सहकार्य वडापत्र संसोधन गर्नेबारे विचार गर्न लागेको छ । विकास सहकार्य वडापत्र सरकारको विदेशी अनुदानसम्बन्धी आधारभूत नीतिको विस्तृत विवरण हो ।

पछिल्लो समय अन्तरराष्ट्रिय अवस्था तीव्र रुपमा बदलिरहेको छ । कोरोना भाइरसको महामारीको प्रभावले सारा विश्व आक्रान्त छ । चीनले आफ्नो बाह्य गतिविधि बढाइरहेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि सारा विश्व प्रभावित भइरहेको छ । यस्तोमा जापानले विदेशी अनुदान नीतिमा हेरफेर गर्न खोजिरहेको छ । वडापत्र संसोधनको कारण वर्षको अन्त्यदेखि शुरु हुनेछ । संसोधन आगामी वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ ।

जापानले अन्य देश तथा क्षेत्रहरुलाई उपलब्ध गराउने वित्तीय सहायता योजनाको प्रभावकारी उपयोगका लागि सन २०१५ को शुरुमा अघिल्लो सरकारी विकास सहायता वडापत्र संसोधन गरेर विकास सहकार्य वडापत्र ल्याएको थियो ।

सो वडापत्र ल्याइएको निकै समय भइसकेको र त्यसयता विश्वको अवस्था फेरिएको विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले बताएका छन् ।