(Japan) 19 th April | 2024 | Friday | 10:44:16 AM || (Nepal) 7:29:16 AM
 
 


अमेरिकाले ओकिनावा जापानलाई फिर्ता गरेको ५० बर्ष पुरा, तर ओकिनावावासीका सपना अधुरा

  POSTED ON : Sunday, 15 May, 2022 | Views : 8042

अमेरिकाले ओकिनावा जापानलाई फिर्ता गरेको ५० बर्ष पुरा, तर ओकिनावावासीका सपना अधुरा


ओकिनावा, जापान ।

अमेरिकाले जापानलाई ओकिनावा टापु फिर्ता गरेको ५० बर्ष पुरा भएको छ । दोस्रो विश्वयुद्धको सबैभन्दा रक्तपातपूर्ण लडाईहरू मध्ये एक दक्षिणी जापानी टापुमा अमेरिकाले २७ बर्ष कब्जा जमाएपछि सन् १९७२ मे १५ मा जापानलाई हस्तान्तरण गरेको थियो ।

ओकिनावा जापानी नियन्त्रणमा फर्केको ५० औं बार्षिकोत्सवको अवसरमा आइतबार ओकिनावामा १,००० भन्दा बढि सर्वसाधारणहरु भेला भएर शान्ति यात्रा निकालेका थिए ।

नियन्त्रण मुक्त ओकिनावाू भन्ने नारा लगाएका प्रदर्शनकारीहरूले अमेरिकी मरीन कोर्प्सको फुतेम्मा एयर बेस र अमेरिकी काडेना एयर फोर्स बेसतर्फ करिब ९ किलोमिटर यात्रा गरेका थिए ।

जापानमा रहेका कुल अमेरिकी सेना र तिनका भौतिक संरचना मध्ये ७० प्रतिशत ओकिनावामा रहेको छ । कोरोना भाइरस महामारिका कारण ओकिनावामा निस्किएको यो पहिलो जुलुस भएको बताइन्छ । त्यसअघि ओकिनावामा विशेषत अमेरिकी सैन्य क्याम्प हटाउनुपर्ने माग गर्दै हजारौं व्यक्तिले बेलाबखत प्रदर्शन गर्नेगर्दथे ।

मे १५ को दिन ओकिनावामा खुशी भन्दा बढी ओकिनावावासीहरु तिक्तताको हेर्नेगर्दछन् । जुन अझै पनि भारी अमेरिकी सेनाको उपस्थितिको बोझ ओकिनावामा छ । र अहिले बढ्दो चीनको तनावको बीचमा जापानी सेनाहरूको बढ्दो तैनाथी यहि प्रान्त टापुमा भइरहेको छ ।

जापानमा फर्केको ५० वर्ष पछि पनि ओकिनावामा रहेका जापानीहरु निराश रहेको पाइएको छ ।

अमेरिकी सैन्य अड्डाका कारण स्थानियवासि सैन्य बिमानहरु उडिरहँदाको आवाज र सैन्य सुविधामा प्रान्तको बोझ सहित अन्य समस्याले घेरिएको बताउँछन् ।

ओकिनावा अमेरिकाले जापानलाई फिर्ता गरेको ५० बर्ष पुगेपनि त्यसपूर्व रहेका अमेरिकी सेनाको संरचना र उपस्थिति उस्तै रहँदा ओकिनावावासी अझै अमेरिकी शाषनको झल्को दिनेगरेको टिप्पणी गर्नेगर्दछन् ।