(Japan) 20 th May | 2022 | Friday | 2:46:05 AM || (Nepal) 11:31:05 PM
 
 

जापानको विमानस्थल क्वारन्टिनमा भेटिए नयाँ प्रकारको ओमिक्रोन संक्रमित

  POSTED ON : Sunday, 15 May, 2022 | Views : 318

जापानको विमानस्थल क्वारन्टिनमा भेटिए नयाँ प्रकारको ओमिक्रोन संक्रमित


टोकियो, जापान ।

जापानमा विमानस्थलको क्वारन्टिन जाँचको क्रममा ओमिक्रोनको उपप्रकार बीए.४ र बीए.५ को पूष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मे १२ मा बताएअनुसार तीन जनामा यी दुई उपप्रकार भेटिएको छ । जापानमा ओमिक्रोनको यी प्रकारको संक्रमण भेटिएको यो पहिलो पटक हो ।

यस अघि ओमिक्रोनको यी दुई उपप्रकार दक्षिण अफ्रिका, यूरोप र अमेरिकामा भेटिएको थियो । यो अहिले जापानमा व्याप्त बीए.२ उपप्रकार भन्दा बढी संक्रामक हुन सक्ने बताइएको छ ।

बीए.४ अप्रिल २२ मा दक्षिण अफ्रिकाबाट आइपुगेका एक जना ५० देखि ५९ वर्षबीचका पुरुषमा पाइएको छ । बीए.५ भने स्पेन र जाम्बियाबाट अप्रिल २९ मा आएका ६० देखि ६९ वर्षबीचको २ जना पुरुषमा पूष्टि भएको छ । यी तिनै जनामा विमानस्थलमा आइपुग्दा कोभिडको लक्षण देखिएको थिएन ।