टोकियो, जापान ।
जापानमा मे १३ तारिख शुक्रवार कोभिड १९ भाइरसबाट ३६ जनाले ज्यान गुमाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा ३९ हजार ६४७ जना कोभिड संक्रमित थपिएका छन् ।
निधन हुनेमा साइतामा प्रान्तमा ७ जना, होक्काइदोमा ५ जना, टोकियोमा ४ जना, चिबा प्रान्तमा ३ जना, ओसाका प्रान्तमा ३ जना, कानागावा प्रिफेक्चरमा ३ जना, इबाराकी प्रिफेक्चरमा ३ जना, हिरोसिमा प्रिफेक्चरमा २ जना, फुकुओकामा २ जना सहित कुल ३६ जना रहेका छन् ।
जापानमा संक्रमित भएको पुष्टि भएका व्यक्तिको संख्या विमानस्थल क्वारेन्टाइन, क्रुज जहाँज सहित हालसम्म ८,३८९,४९१ पुगेको छ ।
मृत्यु हुनेको कुल संख्या जापानमा ३० हजार १३ पुगेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भई श्वासप्रश्वास यन्त्र वा सघन उपचार कक्षमा उपचार गराइरहेका गम्भीर बिरामीको सङ्ख्या १५६ रहेको छ ।
अर्कोतर्फ कोभिड संक्रमित भएर उपचार पश्चात निको भएर डिस्चार्ज भइसकेका कुल व्यक्तिको संख्या ७,८९१,५९६ रहेको छ ।