(Japan) 5 th June | 2023 | Monday | 2:28:43 AM || (Nepal) 11:13:43 PM
 
 

खानागावा क्षेत्रमा करिव ६० हजार घरमा बिजुली गयो, केही क्षेत्रमा रेल पनि अवरुद्ध

  POSTED ON : Saturday, 14 May, 2022 | Views : 5084

खानागावा क्षेत्रमा करिव ६० हजार घरमा बिजुली गयो, केही क्षेत्रमा रेल पनि अवरुद्ध


योकोहामा, जापान ।

टेप्को कम्पनीका अनुसार मे १४ तारिख मध्यरातसम्म खानागावा प्रान्तका करिव ५६,२६० घरधुरीहरुमा विद्युत अवरुद्ध रहेको छ ।

विद्युत आवरुद्ध भएका स्थानहरुमा आओबा कु योकोहामा क्षेत्रमा ५२,४००, आसाओ वार्ड कावासाकी शहरमा २,१५० घरहरु, मिदोरी कु योकोहामा १,२०० र चुजुकी कु योकोहामामा ५१० घर क्षेत्रमा विद्युत अवरुद्ध रहेको छ ।

यस बाहेक टोकियो माचिदा, चिबा र यामानाशी क्षेत्रमा भने अवरुद्ध विद्युत पूर्नस्थापित गरिएको छ । चिबा र यामानाशी प्रान्तहरु प्रत्येमा सयौं घरहरुमा विद्युत अवरुद्ध रहेको र कुल टेप्को कम्पनीको क्षेत्राधिकार भित्रका लगभग ५६,७९० घरधुरी रहेको छ ।

एक समय ६९,००० भन्दा बढि घरमा विद्युत अवरुद्ध भएको र माचिदा, टोकियो आदि क्षेत्रमा भने मध्यरातसम्ममा मर्मत सम्भार भइसकेको पाइएको छ ।

ओदाक्यु लाइनको केही भागमा रेल सेवा अवरुद्ध हुन पुगेको थियो । जसका कारण ओदाक्यु ओदावारा लाइनको मुकोगाओका उएनो स्टेशन र माचिदा स्टेशन र ओदाक्यु तामा लाइनमा शिन्युरिगाओका स्टेशन र काराकिदा स्टेशन बिचमा अप र डाउन लाइनहरु अवरुद्ध हुन पुगेको छ ।

विद्युत लाईन के कारण अवरुद्ध हुन पुगेको हो खुलेको छैन । तर विद्युत बहालीको काम भइरहेको टेप्को कम्पनीले बताएको छ ।