(Japan) 5 th June | 2023 | Monday | 3:11:29 AM || (Nepal) 11:56:29 PM
 
 

जापानले एकैबर्ष ७४ जनालाई शरणार्थी मान्यता दियो, यि देशका ब्यक्तिहरुले पाए मान्यता

  POSTED ON : Friday, 13 May, 2022 | Views : 8724

जापानले एकैबर्ष ७४ जनालाई शरणार्थी मान्यता दियो, यि देशका ब्यक्तिहरुले पाए मान्यता


टोकियो, जापान ।

जापानले गएको वर्ष अध्यागमन नियन्त्रण तथा शरणार्थी पहिचान ऐन अन्तर्गत ७४ जनालाई शरणार्थीको मान्यता दिएको छ ।

शरणार्थीको मान्यता पाउनेको यो संख्या अहिलेसम्मकै उच्च रहेको अध्यागमन सेवा विभागले शुक्रबार बताएको हो । अघिल्लो वर्ष शरणार्थीको मान्यता पाउनेको संख्या २७ थियो ।

समीक्षा अवधिमा शरणार्थीको मान्यता नपाएका तर मानवीय अवस्था विचार गरेर जापानमा बस्ने अनुमति दिइएका विदेशीहरुको संख्या ५८० रहेको छ । यो अघिल्लो वर्षको भन्दा ५३६ धेरै हो ।

यसरी बसोबासको अनुमति पाएका व्यक्तिहरुको यो संख्या सन् १९८२ मा जापानले शरणार्थी पहिचान प्रणाली शुरु गरेयताकै उच्च हो ।

गत वर्षको फेब्रुअरीमा म्यानमार कू भएयता त्यहाँको अवस्था खस्किँदै गइरहेको अवस्थाबीच जापानमा गएको वर्ष शरणार्थी र बसोबासको अनुमति पाउनेको संख्याले नयाँ उचाई छोएको हो ।

शरणार्थीको मान्यता पाउने कूल मध्ये ३२ जना म्यानमारका छन् । १८ जना चीन, ९ जना अफगानिस्तानका छन् ।

बसोबासका अनुमति दिइएका ५८० जनामध्ये ४९८ जना म्यानमारेली छन् । जापानमा गत वर्ष शरणार्थीको हैसियतका लागि आवेदन दिनेको संख्या २ हजार ४१३ छ ।

यो अघिल्लो वर्षको भन्दा १ हजार ५२३ कम हो । यसले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले सीमामा गरेको कडाई उजागर गरेको छ ।