(Japan) 26 th April | 2024 | Friday | 4:02:27 AM || (Nepal) 12:47:27 AM
 
 


टोकियोमा कोरोना महामारी ! संक्रमित संख्याको नयाँ रेकर्ड, अर्थात् एकैदिन २२४ जना

Jack Khadka   POSTED ON : Thursday, 09 July, 2020 | Views : 4854

टोकियोमा कोरोना महामारी ! संक्रमित संख्याको नयाँ रेकर्ड, अर्थात् एकैदिन २२४ जना


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा आज एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

जुलाई ९ तारिख बिहिबार दिउँसो २ बजेसम्ममा २ सय २४ जना नयाँ कोरोना भाइरस संक्रमित पुष्टि भएको टोकियो महानगरले बताएको छ ।

टोकियोमा नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएकैदिन पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि टोकियोमा गत अप्रिल महिनाको १७ तारिखमा २ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

६ दिनसम्म लगातार एक सय बढी संक्रमित पुष्टि भएर हिजो ७२ मा झरेको टोकियोमा आज अकस्मात बढेर संक्रमित संख्या २ सय पार गरेको छ ।

आज थपिएका सहित टोकियो महानगरमा भाइरस संक्रमितको संख्या ७ हजार २ सय ७२ पुगेको छ ।

नयाँ कोरोना भाइरस संक्रमितको संख्या आपतलका हटेपछि लगातार बृद्धि हुँदै गएको टोकियोमा हप्तादिन यता बढेको संक्रमण दरले फेरी पनी आपतकाल लाग्ने आशंका बढाउँदै लगेको छ ।

तर जापान सरकारका अधिकारीहरुले भने तत्काल आपतकाल लगाईहाल्नपर्ने अवस्था नरहेको जिकिर गर्दै आएका छन् ।

मुख्यत रात्रिकालित व्यवसायका क्षेत्रबाट संक्रमण धेरै फैलिएको पछिल्लो तथ्यांकले देखाएको छ ।

टोकियोको सिन्जुकु क्षेत्र अन्र्तगत खाबुकिच्यो, ईकेबुकुरो लगायत रात्रिकालिन व्यवसाय धेरै हुने क्षेत्रमा कोरोना संक्रमण धेरै भेटिंदै आएको छ ।