(Japan) 3 rd October | 2023 | Tuesday | 6:06:33 AM || (Nepal) 2:51:33 AM
 
 


हप्तामा एक वा दुईदिन दैनिक ८ हजार पाइला हिँडे आयु लामो हुने

  POSTED ON : Monday, 03 April, 2023 | Views : 798

हप्तामा एक वा दुईदिन दैनिक ८ हजार पाइला हिँडे आयु लामो हुने


टोकियो, जापान ।

केही दिन अघि मानव जाति अब केही दशकभित्रै अमर हुने भन्ने वैज्ञानिक अुनसन्धानको विषयमा समाचार तपाईंले पनि पढेको हुनुपर्छ । तर यो समाचार चाँहि अमरत्वको नभएर मर्ने सम्भावना कम हुने एक अनुसन्धानको निचोड बारेको हो ।

तपाईं खासमा दिनमा सालाखाल कति पाइला हिड्नु हुन्छ ? हप्तामा कम्तिमा पनि १/२ दिन मात्रै दिनको ८ हजार वा सो भन्दा बढी पाइला हिड्नु हुन्छ रु हुन्छ भने चाँहि एक दशक जति पछि त्यति पनि नहिड्नेको तुलनामा तपाईको मृत्यु दर करीब १५ प्रतिशतले घट्ने जापानमा भएको एउटा अध्ययनले देखाएको छ ।

क्योटो विश्वविद्यालय र अन्य संस्थाहरुले गरेको अनुसन्धानको नतिजाले यस्तो देखाएको हो । ८ हजार वा सो भन्दा धेरै पाइला हिड्ने बानी भएका मानिसहरुको मृत्युको दर कम हुने भनेर यस अघि नै थाहा चाँहि थियो । तर यो अध्ययनले हिडाईको ‘फ्रक्वेन्सी’मा बढी जोड दिएको छ ।

तपाईलाई फुर्सदै छैन भने हप्ताको केही दिन मात्रै सो मात्रामा हिड्ने हो भने पनि समग्रमा मृत्युको जोखिम अनि मुटु र रक्तबाहिनी नलीमा लाग्ने रोगबाट मर्न सक्ने सम्भावना कम हुने बताइएको छ ।

अमेरिकीहरुमाथि भएको स्वास्थ्य सर्वेक्षणको डेटा प्रयोग गरेर अनुसन्धानकर्ताहरुले हप्तामा प्रति दिन एक व्यक्तिको हिडाई कम्तिमा ८ हजार पाइला हुँदा १० वर्ष पछिको मृत्युदर निकालेका थिए । यस क्रममा हप्तामा एक दिन समेत ८ हजार पाइला नहिड्नेको तुलनमा एक वा दुई दिन हिड्नेको मृत्युदर एक दशकपछि १४ दशमलव ९ प्रतिशत कम हुने पाइएको छ । हप्तामा तीन देखि ७ दिन सोही मात्रामा हड्नेको मृत्यु दर भने १६ दशमलव ५ प्रतिशत कम थियो ।

मुटु वा रक्तधमनीमा देखिने समस्या वा असमान्यताका कारण मर्ने सम्भावना पनि हिड्दै नहिड्नेको भन्दा एक वा दुई दिन मात्रै हिड्नेको ८ दशमलव १ प्रतिशत कम थियो भने तीन देखि ७ दिन हिड्नेको ८ दशमलव ४ प्रतिशत कम थियो । उमेर समूह वा लिंग जुनसुकै भएपनि दिनमा ६ हजार पाइला भन्दा कम वा १० हजार पाइला भन्दा धेरै हिड्नेमा पनि यस्तै खालको प्रवृत्ति भेटियो ।

एक जना बहिरंग बिरामीले सप्ताहप्तमा मात्रै धेरै हिड्ने अनि अरु बेलामा नहिड्ने गर्दा स्वास्थ्यमा कस्तो खालको असर पर्ला भनेर क्योटो विश्वविद्यालयको ग्रयाजुएट स्कूल अफ मेडिशिनका सामाजिक महामारी विज्ञानका सह–प्राध्यापक तथा अनुसन्धान टोलीका एक सदस्य कोसुके इनोउएलाई सोधेपछि उनले यो अनुसन्धान गरेका थिए ।

भ्याइ नभ्याइ गरेर दिनदिनै हिड्न आफूलाई दबाब नदिन बरु हप्तामा कम्तिमा एक वा दुई दिन हिड्न इनोउएले भनेका छन् ।