(Japan) 20 th May | 2022 | Friday | 3:13:32 AM || (Nepal) 11:58:32 PM
 
 

पार्टि चहार्दै भुवन केसी कांग्रेस प्रवेश, श्वेता खड्का दम्पती पनि राजनीतिमा !

  POSTED ON : Tuesday, 03 May, 2022 | Views : 374

पार्टि चहार्दै भुवन केसी कांग्रेस प्रवेश, श्वेता खड्का दम्पती पनि राजनीतिमा !


काठमाडौं, नेपाल ।

कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनिहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन्।

देउवाले उनीहरूलाई टीका लगाइदिएका थिए।

अभिनेता भुवन केसीले कला क्षेत्रमा थप योगदान पुर्‍याउने उद्देश्यले कांगेसमा प्रवेश गरेको बताए।

२०७० सालमा उनी एमालेमा सक्रिय थिए। स्थानीय चुनावको घोषणा भएसँगै उनलाई उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवार घोषणा गरेको थियो। त्यसपछि उनले आफूले मेयरमा नउठ्ने बताएका थिए ।

उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए ।