(Japan) 20 th May | 2022 | Friday | 2:30:51 AM || (Nepal) 11:15:51 PM
 
 

चलचित्र कबड्डी ४ ट्रेलर : ईन्टरटेनमेन्टको फुल प्योकज, जापानका १५ शहर प्रदर्शनको पर्खाइमा

  POSTED ON : Thursday, 28 April, 2022 | Views : 1418

चलचित्र कबड्डी ४ ट्रेलर : ईन्टरटेनमेन्टको फुल प्योकज, जापानका १५ शहर प्रदर्शनको पर्खाइमा


टोकियो, जापान ।

नेपाली सिने जगतमा यस बर्षकै सर्वाधिक पर्खाइको चलचित्र बनेको कबड्डी ४ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

महिना दिन यता नेपाली सांगितिक बजारमा आँखामा सपना केसरी बोलको गीतबाट चर्चाको शिखरमा चुलिएको चलचित्र कबड्डी ४ को ट्रेलर उक्त चर्चालाई थप उचाईमा पुर्याउने किशिमक हाँस्य र कौतुहलताले भरिएको कथामा समेटिएको पाइएको छ ।

आगामी जेष्ठ १३ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डीको अन्तिम तथा चौथो भाग भएको यसका निर्माताहरुले बताएका छन् ।

अघिल्ला भागहरुमा अनेकन प्रयासका बाबजुत पनि फिल्मका मुख्य पात्र काजी अर्थात् दयाहाङ राईको विवाह हुन नसकेकोमा अबको यस् अन्तिम भागमा काजीको विवाह होला कि नहोला भन्ने विषयलाई थप कौतुहलतामय अवस्थामा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दी तामाङ , बिजय बराल, गौमाया गुरुङ, कमलमणी नेपाल, उपेन्द्र सुब्बा लगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

राम बाबु गुरुङको निर्देशनमा बनेको यस् चलचित्र ४ महिना अगाडि टिजर रिलिज भएसँगै चर्चामा आएको थियो । चलचित्रमा समावेश एस. डि. केसीको स्वरमा रहेको केसरी बोलको गीत अहिले सर्वाधिक लोकप्रिय बनेको छ ।

चलचित्र नेपाल, जापान, अष्ट्रेलिया, अमेरिका सहित विश्वका दर्जन बढि देशहरुमा प्रदर्शन हुने भएको छ ।

चलचित्र कबड्डी ४ जापानको राजधानी टोकियोमा जुन ५ तारिख आईतबार सहित १५ शहरमा प्रदर्शन हुने भएको छ ।

जापानको लागि चलचित्र प्रदर्शनको व्यवस्थापन गर्दै आउनुभएका व्यवसायी सुवास लामिछानेका अनुसार जापानको सेन्दाई, नाहा, नागोया, निगाता, तोचिगी, गुन्मा, चिबा, टोकियो, सिजुओखा, ओसाका, मिए प्रान्तको योक्काईची, कोबे फुकुओका लगायत १५ शहरमा प्रदर्शन हुने तय भएको छ । अन्य शहरहरुमा पनि प्रदर्शनको लागि कुराकानी भइरहेको लामिछानेले जानकारी दिनुभयो ।

राजधानी टोकियोमा नाकानोमा रहेको नाकानो जेरो हलको १,३०० दर्शक क्षमताको भव्य हलमा चलचित्र प्रदर्शन हुने भएको छ । जसको लागि भिआईपी तर्फ १ मान र साधारण तर्फ ३,००० येन टिकट शुल्क तोकिएको छ ।

१० वटा भन्दा बढि टिकट किन्ने समुहहरुलाई एउटा टिकट निशुल्क दिइएको जनाउँदै शिन ओकुबोमा रहेको रातो माटो रेष्टुरेण्टबाट समेत टिकट लिन सकिने लामिछानेले जानकारी दिनुभयो ।

...

झन्डै ३ बर्षपछि टोकियो सहित जापानमा शहरहरुमा नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शन हुँदै