(Japan) 3 rd July | 2022 | Sunday | 5:28:57 AM || (Nepal) 2:13:57 AM
 
 

झन्डै ३ बर्षपछि टोकियो सहित जापानमा शहरहरुमा नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शन हुँदै

  POSTED ON : Saturday, 16 April, 2022 | Views : 1168

झन्डै ३ बर्षपछि टोकियो सहित जापानमा शहरहरुमा नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शन हुँदै


टोकियो, जापान ।

जापानवासी नेपालीहरुले लामो समयपछि चलचित्र घरमा जस्तैगरि ठुलो पर्दामा नेपाली चलचित्रको मजा लिन पाउने भएका छन ।

करिव ३ बर्षपछि जापानमा नेपाली चलचित्र प्रदर्शन हुनेभएको छ ।

नेपाली चलचित्रप्रेमी दर्शकको पर्खाइमा रहेको कबड्डी सिरिजको ‘कबड्डी ४ : द फाइनल म्याच’ चलचित्र  आगामी जुन ५ बाट जापानका विभिन्न प्रमुख शहरमा प्रदर्शन गरिने भएको छ ।

नेपाली रोमान्टिक कमेडी चलचित्र कबड्डी ४ : द फाइनल म्याचमा लोकप्रिय कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ । 

आगामी २०७९ जेठ १३ गतेका (२०२२ मे २७) दिन कबड्डी ४ : द फाइनल म्याच नेपालभरका हलहरुमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको छ । कबड्डी सन् २०१३ को अधिक कमाउने र दर्शककरुले अत्यधिक रुचाएको चलचित्र बनेको थियो ।

जापानको राजाधानी टोकियो, कोबे ओसाका, नागोया, शिजुओका लगायत आधा दर्जन शहरमा चलचित्र प्रदर्शन तय भएको छ । अन्य आधा दर्जन शहरमा कबड्डी ४ : द फाइनल म्याच प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।

राजधानी टोकियोको नाकानो जेरो हलमा जुन ५ तारिख आईतवार साँझ ६ बजे चलचित्र प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनको ब्यवस्थापन गरिरहनुभएका युवा ब्यवसायी सुवास लामिछानेका अनुसार हलको क्षमताको आधा बढी चलचित्रको टिकट बिक्री भइसकेको छ । टिकट बुकिङ तिब्र रुपमा भइरहेकाले प्रदर्शनको मिती अगावै टिकट सबै बिक्री हुने देखिएको छ ।

कोभिड संक्रमणपछि पहिलो पटक जापानमा नेपाली चलचत्रि प्रदर्शन हुन लागेकाले पनि दर्शकहरु एकसाथ चलचित्र हलमा जस्तैगरि रमाइलो लिन उत्साहित देखिएको पाईन्छ ।