(Japan) 18 th April | 2024 | Thursday | 10:48:14 AM || (Nepal) 7:33:14 AM
 
 


घटना जापानकै ! 'कोबान' भित्रै महिला प्रहरीले दुईजनासँग यौन सम्पर्क गरेको भेटेपछि

  POSTED ON : Wednesday, 02 June, 2021 | Views : 9788

घटना जापानकै ! 'कोबान' भित्रै महिला प्रहरीले दुईजनासँग यौन सम्पर्क गरेको भेटेपछि


ह्योगो, जापान ।

सितिमित नहुने र पत्याउन मुश्किलै पर्ने यो घटना जापानकै हो । घटना जापानको ह्योगो प्रान्त निशिनोमिया शहरमा भएको हो ।

एक महिला प्रहरी अफिसरले दुई जना पुरुष प्रहरी अफिसरसँग नियमित यौन सम्पर्क गर्ने गरेको तथ्य बाहिरिएको छ । रोचक कुरा त के भने यौन सम्पर्कपनि प्रहरी बिट भित्रै ।

समाचार अनुसार निशिनोमिया शहरमा प्रहरी बिटको अफिसर जिम्मा पाएकी महिला अधिकारी नै यो घटनामा संलग्न रहेको पाइएको छ । घटना अनुसार उनले दुईजना प्रहरी सहकर्मीसँग नियमित यौन सम्पर्क राखेकी थिईन् ।

ह्योगो प्रिफेक्चुरल प्रहरीले बताए अनुसार शुक्रबार कोशिएन प्रहरी स्टेशनको जिम्मेवारी पाएकी ति महिला प्रहरी अधिकृतलाई तीन महिनाको १० प्रतिशत तलब कटौतिको सजाय दिइएको थियो । तर उनले तत्कालै प्रहरी सेवा त्याग्ने घोषणा गर्दै राजिनामा दिएकी छिन् ।

सुरुको घटना सन् २०१९ को अगष्ट देखी सन् २०२० फेब्रुवरी महिनासम्म भएको थियो । विवरणहरु अनुसार यस बिचमा ति महिला प्रहरी अधिकारी जो २९ बर्षकि थिईन् उनले २६ बर्षिय गस्तिमा खटिने प्रहरी अधिकारीसँग प्रहरी बिटको आराम कक्षभित्र नियमित यौन सम्पर्क गर्नेगरेकी थिईन् ।

तर ति प्रहरीसँग सम्वन्ध विग्रिएपछि उनले पुन अर्का ३३ बर्षे प्रहरी अधिकारीसँग सन् २०२० को मार्च देखी मे सम्म सोही आराम कक्षमा नियमित यौन सम्पर्क राख्ने गरेकी थिइन् ।

प्रहरीका अनुसार घटनामा सामेल सबै प्रहरी विवाहित थिए । प्रिफेक्चुरल प्रहरीले उनिहरुको उक्त यौन सम्पर्कको घटनालाई अनैतिक भनेको छ । उनिहरुले यौन सम्पर्कको लागि आपसी कुराकानी र समय मिलाउन लाईन एप प्रयोग गर्नेगरेको पाइएको अनुसन्धानपछि खुलेको छ ।

यो घटना एक अज्ञात संकेत फेला पारेपछि सार्वजनिक हुनपुगेको प्रहरीले बताएको छ । एक अनुसन्धानको दौरान, तीनैजना प्रहरी अधिकारीहरूले आरोपहरू स्विकार गरेका छन् ।

दुई प्रहरी अधिकारीसँग यौन सम्पर्क स्थापित गर्ने महिला प्रहरीले बयानमा भनिन्-'म सही र गलत छुट्याउन असमर्थ थिएँ ।'

अनुसन्धानपछि पुरुष प्रहरी अधिकारीहरुलाई चेतावनी जारी गरिएको थियो । जसमा एकजना प्रमुख गस्ती प्रहरी अधिकारीले पनि शुक्रबारनै सेवाबाट राजीनामा दिएका छन् ।

रोचक कुरा त के भने सन् २०२० मा यो प्रान्तमा यो एक मात्र घटना थिएन । गत मार्चमा, हिगाशी अमागासाकी प्रहरीमा कार्यरत एक पुरुष प्रहरी अधिकारीले अर्का एक महिला प्रहरीसँग प्रहरी बिट भित्रै यौन सम्वन्ध राखेको घटना फेला परेको थियो ।

पछिल्लो घटना सार्वजनिक भएपछि प्रान्तिय प्रहरी अधिकारीले भनेका छन् 'म प्रान्तका नागरिकहरुको विश्वासमा ठेस लाग्नपुगेकोमा माफी माग्दछु ।'