(Japan) 29 th March | 2024 | Friday | 1:48:53 PM || (Nepal) 10:33:53 AM
 
 


टोकियोमा विश्वकै सबैभन्दा ठूलो भित्ते चित्र सार्वजनिक गरिंदै

  POSTED ON : Sunday, 09 May, 2021 | Views : 4262

टोकियोमा विश्वकै सबैभन्दा ठूलो भित्ते चित्र सार्वजनिक गरिंदै


टोकियो, जापान ।

जापानले टोकियो ओलम्पिक्स अगाडि संसारकै सबैभन्दा ठूलो भित्ते चित्र सार्वजनिक गर्दैछ । मारुनोउचीमा रहेको दुई गगनचुम्बी भवनमा ती चित्रहरु बनाइदैछ । टोकियो ओलम्पिक र पारालिम्पिक प्रतियोगिता अगाडि मारुनोउची भवन र नयाँ मारुनोउची भवनमा कलाकार तथा डिजाइनर तादानोरी योकू र उनको छोरी मिमि योकूले चित्र बनाउने छन् ।

यी दुईले बनाउने भित्तेचित्र करीब ७ हजार वर्गमिटरको हुनेछ । भित्तेचित्र परियोजना टोकियो पर्वको मुख्य हिस्सा हो । ओलम्पिक्स अघि आयोजना गरिने विविध सांस्कृति कार्यक्रमको आयोजना गरेर सो पर्व मनाइदैछ । यो कामको जिम्मा कसलाई दिने भनेर कलाकार चयन गर्ने क्रममा परियोजनाका आयोजकहरुले कलाकृति हेर्नेले पनि दुई जनाको कामको बीचमा सम्बन्ध देख्न सकुन् भनेर निकट सम्बन्ध भएका दुई कलाकारको व्यक्तिहरुको खोजी गरे ।

आयोजकहरुले तादानोरी युकूलाई छाने । उनी सन् १९६४ मा भएको टोकियो ओलम्पिक्सको डिजाइन टोलीको पनि हिस्सा थिए । उनकी छोरी पनि ख्याति प्राप्त चित्रकार हुन् । उनी कयौं बृहत प्रदर्शनीमा सहभागी भइसकेकी छिन् । मारुनोउची भवनमा मिमीको कृति हुनेछ भने सँगै रहेको नयाँ मारुनोउची भवनमा उनको पिताको कृति हुनेछ ।