(Japan) 26 th April | 2024 | Friday | 3:54:40 AM || (Nepal) 12:39:40 AM
 
 


सोनुले ल्याए रचना रिमालसँग लोक दोहोरी गीत 'मुटु बैना' (भिडियो सहित)

  POSTED ON : Wednesday, 07 April, 2021 | Views : 5778

सोनुले ल्याए रचना रिमालसँग लोक दोहोरी गीत 'मुटु बैना' (भिडियो सहित)


टोकियो, जापान ।

एकपछि अर्को लोकप्रिय लोक दोहोरी गीत सार्वजनिक गर्ने क्रममा गायक प्रेम सापकोटा सोनुले 'मुटु बैना' बोलको गीत सार्वजनिक गरेका छन् ।

गायक सोनुले लोकप्रिय गायिका रचना रिमालको स्वर समेटेर लोक दोहोरी 'गीत मुटु' बैना मंगलबार सार्वजनिक गरेका हुन् ।

प्रेमिल जोडीको संवाद समेटिएको गीतमा उत्कृष्ट अभिनय अर्जुन सापकोटा र अन्जली अधिकारीले गरेका छन् ।

म्यूजिक भिडियो प्रेम सापकोटाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा शब्द र संगीत आयन न्यौपानेले भरेका हुन् । भिडियो निर्देशन स्मिृती तिमल्सिनाको रहेको छ ।

गायक सोनुले यसअघि हुक्का, गुन, बरमाला, भाईटिका, पिरै मात्र पर्छ, दशैं खर्च, सेलरोटी पकाउनी, जाले रुमाल लगायत दुई दर्जन बढी लोक तथा दोहोरी गीत ल्याईसकेका छन् । जापानलाई कर्मथलो बनाउँदै आएका सापकोटा नेपाली लोक गीत संगितको श्रीबृद्धिमा सक्रिय रहँदै आएका छन् ।

भिडियो हेर्नुहोस्