काठमाडौं, नेपाल ।
लोकप्रिय गायिका एलिना चौहानले छोडपत्र मुद्दा दायर गरेकी छिन् ।
पति विष्णु सापकोटाको मानसिक ‘टर्चर’ सहननसकेपछि गायिका एलिना चौहानले छोडपत्र मुद्दा दायर गरेकी हुन ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन ।
उनले माना चामल र अंशमा कुनै दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको, मानसिक रुपमा टर्चर दिएको एलिनाले उल्लेख गरेकि छिन् ।
विवाह अघिनै प्रेम सम्बन्धमा बिबादका खबरका बिच पुन सम्बन्धमा सुधारपछि यही २०८१ वैशाख ५ गते दुईले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । एलिनाका पति अस्ट्रेलियामा ब्यापार गर्दै आएका छन् ।
केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो । एलिनाले आफ्ना विश्वाश पात्र र निकतमहरुलाई आफुले पति विष्णु सापकोटाबाट मानसिक ‘टर्चर’ सहननसकेपछि अस्ट्रेलिया छाडेर तीन महिना अघि नेपाल आएको बताउने गरेकि थीइन् ।