टोकियो, जापान ।
यसअघि प्रदर्शनको मिति तोकेर रोकिएको बहु प्रतिक्षित चलचित्र एक्टर टेक वान को जापान रिलिजका लागि चलचित्रका नायक प्रदीप खड्का जापान आउने निश्चित भएको छ ।
फिल्मको जापान वितरक सचिन आचार्यले प्रदीप जापान आउने पुस्टि गरेका हुन् । 'प्रदिपसंग सबै कुरा फाइनल भयो आगामी फेब्रुअरी ५ तारिख बुधबार टोकियोको नाकानो जेरो हलमा फिल्म को जापान पहिलो शो हुनेछ' सचिनले टोकियो रिलिज बारे जानकारी दिदै भने ।
प्रदिप टोकियो रिलिज पछि पश्चिम फुकुओका जाने छन् त्यहाँ फेब्रुवरी ८ तारिख प्रदिप सहित फिल्म को शो राखिएको छ, त्यस पश्चात ९ फेब्रुवरीको दिन नागोया शहरमा शो रहेको नागोया शो अधिकार लिनुभएका व्यवसायी तथा कलाकार श्याम सितलले बताए ।
'उहा युवा पुस्ता माझ लोकप्रिय मात्र होइन हरेक पुस्ताको प्रिय नायक हो त्यसैले नागोया शो मा अलि फरक तरिकाले एक कार्यक्रमको आयोजना गर्ने पक्षमा हामि छौ' श्याम शितलले भनेका छन् ।
ओसाकामा भने सोमबार १० फेब्रुअरीको दिन फिल्म को शो राखिएको छ । यसबाहेक टोकियो नजिक चिवा को एक शो मा प्रदिप खड्का प्रत्यक्ष उपस्थित हुने बताइएको छ ।
गत तिहारमा रिलिज हुने भनिएको फिल्मको रिलिज डेट हेरफेर भएपछि चलचित्र प्रदर्शनको मिति तोकेर टिकट विक्रि र प्रचार थालेको जापान वितरक एक समय तानाबग्रस्त देखिएका थिए ।