(Japan) 17 th February | 2025 | Monday | 9:37:57 AM || (Nepal) 6:22:57 AM
 
 


रहेनन् भाईरल बाल गायक सचिन परियार

  POSTED ON : Thursday, 02 January, 2025 | Views : 976

रहेनन् भाईरल बाल गायक सचिन परियार


काठमाडौं, नेपाल ।

बालगायक सचिन परियारको निधन भएको छ । 


महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहीवार निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङमा भर्ना गरिएको थियो।


उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रवक्ता प्रताप शाहीले जानकारी दिनुभयो ।


सचिनका बुबा तेजेन्द्र परियारका अनुसार बिहीबार बिहान १० बजे सचिनको निधन भएको हो। उनी पुस ६ गते अस्पताल भर्ना भएका थिए। उनी १३ वर्षका थिए।