टोकियो, जापान ।
जापानको टोकियोमा पूर्ण राई एण्ड दाजुभाइहरु’ को कन्सर्ट आयोजना हुने भएको छ ।
आगामी डिसेम्बर २२ तारिख आईतवार टोकियोमा कन्सर्ट आयोजना हुन लागेको आयोजक भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछानेले जानकारी दिएका छन् ।
नेपाली संगीतका पछिल्लो युवा पुस्तामा सुपरिचित सांगितिक समुहले जापानमा रहेका नेपाली र अन्य संस्कृतिका दर्शकहरुलाई नेपाली संगीत र संस्कृति सँग जोड्न र सांस्कृतिक आदानप्रदानको मञ्च सिर्जना गर्ने विश्वास आयोजकको छ ।
कन्सर्टको तयारी तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीका प्रमुख लामिछानेले जानकारी गराएका छन् । कन्सर्टको पहिलो चरणको टिकट उल्लेखित अनलाइनमार्फत उपलब्ध गराइएको लामिछानेले बताए ।
कन्सर्टको व्यवस्थापन डेस्टिनि क्रियशनका प्रमुख असिम बस्नेतले गरेका छन् ।
‘पूर्ण राई एण्ड दाजुभाइहरु’ का गायक र संगीतकार पूर्ण राईले चर्चित गीतहरु 'मनको कुरा', 'कालो सेतो', 'स्पर्श', 'धुर्वतारा', 'तिम्रो माया ९९ भए मेरो माया १००', 'नभेटेको भए ठिकै हुन्थ्यो' लगायतका गीतहरु प्रस्तुत गर्ने छन् । यस कन्सर्टको आयोजना टोकियो सहित नागोया, ओसाका लगायतका स्थानमा पनि हुनेछ ।
‘पूर्ण राई एण्ड दाजुभाइहरु’ ले नेपाल र भारतका ५० भन्दा बढी स्थानमा आफ्नो सोलो कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपाल र भारत बाहेक जापानमा उनिहरुको यो पहिलो सांगितिक कन्सर्ट आयोजना हुन लागेको हो ।
कन्सर्टको माध्यमबाट नेपाली संगीत र संस्कृतिको झलक जापानका दर्शकहरुलाई प्रस्तुत गर्न, र आपसी सांस्कृतिक आदानप्रदानको सुदृढ मञ्च तयार गर्न महत्वपूर्ण अवसर हुने अपेक्षासमेत आयोजकको छ ।
डिसेम्बर २२, २०२४ (आईतबार)
स्थान: T2 Shinjuku, Tokyo, Japan टोकियो, जापान
टिकट लिंक: [https://dcticketing.com/event/purna-rai-and-daju-bhai](https://dcticketing.com/event/purna-rai-and-daju-bhai)