काठमाडौं, नेपाल ।
यस बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘ह्रस्व दीर्घलाई सुरुवातबाटै दर्शकको उच्च साथ पाएको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले पाएको सन्तोषजनक शोमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ ।
शुक्रबार ‘ह्रस्व दीर्घ’लाई प्राप्त अधिकांश शो लगभग हाउसफुल भएका छन् । शनिवार पनि अधिकांश शो को टिकट विक्रि हेर्दा हाउसफुल हुने अवस्था रहेको छ । शनिवारको शो को अधिकाशं टिकट अग्रिम बुकिङमा विक्रि भएको छ ।
‘ह्रस्व दीर्घ’ले सबै चलचित्र हलमा पर्याप्त शो भने पाएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’ को टिकट पाउनै मुश्किल हुने अवस्था बुधवारबाट हटेपछि अहिले यो चलचित्र लगभग हाउसफुल चलिरहेकाले ‘ह्रस्व दीर्घ’ले धेरै शो नपाएको हो । ‘पूर्ण बहादुरको सारङ्गीको गत हप्ता देखिएको चाप भने आधाले घटेको चलचित्र हलहरुल बताएका छन् ।
चलचित्र ‘ह्रस्व दीर्घमा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा छन् । ‘ह्रस्व दीर्घ’मा नीता र हरिहरसँगै भारती चलचित्र उद्योगका सुपरिचित कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह लगायत प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत नेपालका शिर्ष कलाकारको अब्बल अभिनय रहेको छ ।
चललचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको छ । प्रतीक पौडेलको चलचित्रमा संवाद छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
चलचित्र ह्रस्व दीर्घ जापानका दुई दर्जन शहरहरु सहित अमेरिका, अष्ट्रेलिया लगायत दुई दर्जन बढि देशमा प्रदर्शन तय भइसकेको छ ।