(Japan) 13 th December | 2024 | Friday | 3:14:23 AM || (Nepal) 11:59:23 PM
 
 


मन बिझाउने कथा अर्थात “पूर्ण बहादुरको सारङ्गी“ टोकियोमा नोभेम्बर ५ मा प्रदर्शन

  POSTED ON : Sunday, 03 November, 2024 | Views : 556

मन बिझाउने कथा अर्थात “पूर्ण बहादुरको सारङ्गी“ टोकियोमा नोभेम्बर ५ मा प्रदर्शन


टोकियो, जापान ।

सामान्य लाग्ने कथावस्तु तर चलचित्रका कलाकारहरुको जीवन्त अभिनय र मनछुने कथावस्तुका कारण दर्शकको तारिफ र वाहवाहि पाइरहेको चलचित्र 'पूर्ण बहादुरको सारङ्गी' जापानमा नोभेम्वर ५ तारिख प्रदर्शन हुने भएकोछ  ।

नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले चौतर्फी प्रशंसा पाइरहेको छ । दर्शकको प्रतिक्रिया सुन्दा अपेक्षा गरेभन्दा बढी रुचाएको विश्लेषण गरिएको छ । चलचित्रले नेपालमा व्यापार र दर्शक प्रतिक्रिया दुवैमा उत्कृष्ठ सफलता पाइरहेको छ ।

चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ जापानमा प्रदर्शन पनि प्रदर्शन गरिने भएको छ। जापानमा आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार आगामी नोभेम्बर ५ तारिक मङ्गलबार टोकियोको तोशिमा सिभिक हल ( Toshima Civic Hall ) हलमा प्रदर्शन गरिदैछ । 

टिकटक, युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको ‘काँधेकुरी’,  ‘रैया चादीँको’ गीत बाट चर्चामा रहेको फिल्म हलमा प्रदर्शन भए पछि झन कथा बस्तुले गर्दा विभिन्न व्यक्तित्व र धेरै दर्शकहरुको राम्रो रिभ्यू पाईरहेको छ। फिल्ममा बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा छ जस्ले हरेकलाई भावनामा बाडेर रुवाँउछ ।

दशर्कले चलचित्रको तारिफ गर्दै फिल्मबाट अपेक्षा गरे भन्दा माथि रहेको भन्दै आ-आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को खुलेर प्रशंसा गर्दै चलचित्रको डाइलग मन पर्यो भन्दै भावुक हुँदै आँसु पुछेको समेत सामाजिक संजालमा देख्न सकिन्छ।

दर्शकहरुको व्यस्तता र सुविधालाई मध्यनजर गर्दै डेस्टिनी क्रियसन द्वारा अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले ( https://dcticketing.com/ ) बाट सजिलै टिकट बुकिङ्ग गर्न मिल्ने छ।