(Japan) 18 th March | 2025 | Tuesday | 6:54:30 AM || (Nepal) 3:39:30 AM
 
 


तीहारमा टोकियोमा सांगीतिक साँझ आयोजना गर्दै टाइगर ग्रुप अफ पोखरा

  POSTED ON : Thursday, 17 October, 2024 | Views : 520

तीहारमा टोकियोमा सांगीतिक साँझ आयोजना गर्दै टाइगर ग्रुप अफ पोखरा


टोकियो, जापान ।

नेपालीहरुको प्रमुख चाड पर्व शुभ दीपावलीको अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालको जापान शाखाले टोकियोमा टाईगर ग्रुप साँगीतिक साँझ आयोजना गर्ने भएको छ ।

साँगीतिक साँझ अक्टोबर ३० तारिख बुधबारका दिन शिन-कामाता हलमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुने कार्यक्रम संयोजक ध्रुब ज्ञवालीले जानकारी दिएका छन् ।

कार्यक्रमका लागि नेपालका लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकारहरु ईन्द्र जिसी, बन्दना पाण्डे र ज्योति लोहनीलाई आमन्त्रण गरिएको आयोजक संस्थाका अध्यक्ष चन्द्र खत्रीले जानकारी दिएका छन् ।

नेपालबाट आमन्त्रित कलाकारहरुलाई जापानमै रहेर परदेशी गायकको परिचय बनाएका गायक सूर्य खड्का, प्रथम गुरुङ, बिपिन गुरुङ लगायतका स्थानिय कलाकारहरुले साथ दिने छन् ।

हालै नेपालमा बाढि, पहिरो तथा डुबानले पुर्‍याएको ठूलो जनधनको क्षतिबाट पीडितहरुको सहयोगार्थ दीपावलीको अवसर पारेर साँगीतिक साँझ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सचिव भिक्टर ठाडा मगरको भनाई छ ।

नेपालीहरुको दोस्रो महान चाड दीपावलीको पूर्व सन्ध्यामा जापानबासी नेपालीहरुलाई साँगीतिक माहौलमा मनोरञ्जन दिलाउनुका साथै बाढि पीडितहरुको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै सचिव ठाडा मगरले जानकारी दिए ।