टोकियो, जापान ।
बडा दसैंको मौका पारेर प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र १२ गाउँ जापानभर प्रदर्शन हुने भएको छ । नागोयामा पहिलो प्रदर्शन अक्टोबर २० तारिख हुने भएको चलचित्रको प्रदर्शन राजधानी टोकियोमा २७ तारिख हुने भएको छ ।
चलचित्रको जापान प्रदर्शन अधिकार लिएका युना ईन्टरटेनमेन्टका उज्वल गुरागाईंका अनुसार चलचित्र १२ गाउँ जापानका डेढ दर्शन बढि शहरमा प्रदर्शन हुने निश्चित भएको छ । अन्य एक दर्जन बढि शहरमा प्रदर्शनको लागि प्रक्रिया अघि बढेको छ ।
विराज भट्ट निर्देशित चलचित्र १२ गाउँले अन्य दूई चर्चित कलाकारहरु र निर्देशकले भरिएको छक्का पञ्जा सिरिज र ज्वाईं सावको वावजुद नेपालमा आक्रामक व्यापार गरिरहेको छ । दर्शकहरुको राम्रो प्रतिक्रिया र माग बढेसँगै चलचित्र १२ गाउँ नेपालमा ओपनिगंमा भन्दा धेरै हलहरुमा प्रदर्शन हुन थालेको छ ।
एक्सनप्रधान र सामाजिक कथावस्तु समेटिएको चलचित्रमा शोषण र अन्याय अत्याचारविरुद्ध मुख्य पात्रले गर्ने संघर्ष चित्रण गरिएको छ । समीर भट्ट, विराज भट्ट, न्यान्सी खड्का, कजिन कोइराला लगायतको उत्कृष्ठ अभिनय रहेको चलचित्रले पीजी सर्टिफिकेट पाएको छ ।
नेपालमा चलचित्रको व्यापार र प्रतिक्रिया उत्साहजनक देखिएपछि जापानका अन्य शहरहरुबाट प्रदर्शनको अनुरोध आउनेक्रम बढेको युना ईन्टरटेनमेन्टका प्रमुख उज्वल गुरागाईंले जानकारी दिए ।
१२ गाउँ चलचित्र अक्टोबर २० तारिख नागोया, मिडल्याण्ड स्क्वायर सिनेमा घरमा तथा टोकियोमा अक्टोबर २७ तारिख, इकेबुकुरो ह्युम्याक्स सिनेमा घरमा प्रदर्शन हुँदैछ । टोकियोको प्रदर्शन ड्रिम्स ईन्टरटेनमेन्टले गर्दैछ ।
हालसम्म जापानको कोबे, सेन्दाई, ओकिनावा, ओसाका, फुकुयामा, फुकुओका, चिबा, तोचिगी लगायत डेढ दर्जन बढि शहरमा प्रदर्शन तय गरेको १२ गाउँ चलचित्रले नेपालमा जस्तै जापानमा पनि मुख्यत छक्का पञ्जासँगनै गर्ने देखिएको छ । किनभने छक्का पञ्जा चलचित्रपनि टोकियो बाहिरका शहरहरुमा अक्टोबर दोस्रो सातापछि नै प्रदर्शन हुँदैछ ।
जापानका विभिन्न शहरहरुमा चलचित्र १२ गाउँ प्रदर्शन गर्न चाहनेहरुले तल उल्लेखित नम्वरहरुमा फोन गरेर प्रक्रिया अघि बढाउनसक्ने जापानमा चलचित्र प्रदर्शन जिम्मेवारी पाएको युना ईन्टरटेनमेन्टले जनाएको छ ।
090-4162-2935 (Surya Gautam), 080-5825-7848 (Rabi Gole)
For Nagoya TKT Booking : https://ticket.midlandcinema.jp/schedule/sp/top/0201/index.html
https://www.facebook.com/unaentertainment.jp