(Japan) 12 th February | 2025 | Wednesday | 11:20:00 PM || (Nepal) 8:05:00 PM
 
 


रोमान्स, एक्सन र सस्पेन्स सहित आयो ‘एक्टर’ को टिजर

  POSTED ON : Sunday, 29 September, 2024 | Views : 1038

रोमान्स, एक्सन र सस्पेन्स सहित आयो ‘एक्टर’ को टिजर


टोकियो, जापान ।

जापानका दर्जन बढि शहरमा प्रदर्शनको मिति तय गरिसकेको अभिनेता प्रदीप खड्काको बहुप्रतिक्षित चलचित्र एक्टर टेक वनको रिलिज सार्वजनिक भएको छ ।

एक्सन, सस्पेन्स सहित रोमान्सले भरिएको चलचित्र एक्टर टेक वन चलचित्र आगामी कात्तिक १५ मा नेपालमा रिलिज हुँदैछ । शुक्रबार सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य अभिनेता प्रदीप खड्काका विभिन्न चरित्रलाई प्रस्तुत गरिएको छ  ।

१ मिनेट २० सेकेन्ड लामो टिजरमा अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदीप खड्कासँग रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ । अभिनेता राजबल्लभ कोइरालालाई पनि ‘स्टाइलिस लुक्स’ मा चलचित्रमा खलनायक पात्रमा देखाइएको छ । कोइरालाले नेपाली फिल्ममा एक दशकपछि कमब्याक गर्न लागेका हुन् । यसै फिल्मबाट डेब्यु गर्न लागेकी अभिनेत्री दिव्या दिलीप रायमाझीकी छोरी हुन् ।

राजन भुसालको निर्देशन रहेको फिल्ममा प्रदीप, आना, दिव्या र राजबल्लभका साथमा दिव्य देव, उषा रजक र सुशील सिटौलाको पनि अभिनय रहेको छ । थमनकुमार भण्डारीले निर्माण गरेको ‘एक्टर’ को पटकथा आकाश बराल र निर्देशक भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

त्यस्तै, फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन तथा हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

चलचित्र जापानको दुई दर्जन बढि शहरमा प्रदर्शन हुने तय भएको छ । राजधानी टोकियोमा अभिनेता प्रदीप खड्काको उपस्थितिमा चलचित्र नोभेम्वर १० तारिख प्रदर्शन हुने आयोजकले जनाएको छ ।

चलचित्र टोकियो बाहिर ओसाका, नागोया, फुकुओका, गुन्मा, निगाता, ओकिनावा, शिजुओखा सहित दुई दर्जन शढि शहरमा प्रर्दशन तय भइसकेको चलचित्र एक्टरको जापान वितरण अधिकार लिएका खिमराज शाहले जानकारी दिएका छन् ।