टोकियो, जापन ।
नेपालि चलचित्र छक्का पन्जा ५ जापानमा देखाईने भएको छ ।
जापानका ४५ वटा शहरहरुमा चलचित्र प्रदर्शन गर्न लागिएको र यो नै जापानका धेरै शहरमा प्रदर्शन हुन लागेको पहिलो नेपालि चलचित्र भएको आयोजकले दाबी गरेको छ ।
चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ ।
छक्का पन्जा सिरिजको यो अध्यायमा प्रेम सम्बन्ध र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ ।
यसको गित तलाई सपिङ गरिदिएको पैसा फिर्ताले अहिले सामाजिक संजालमा निकै भाईरल भइरहेको छ । खासगरी मनोरञ्जनात्मक रुपले निर्माण गरिएको यो चलचित्रमा सामाजिक सन्देशहरु पनि समेटेको बताइएको छ ।
दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । जसमा इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट लिन पाउँनेछन । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु छन ।