(Japan) 4 th October | 2024 | Friday | 7:42:56 AM || (Nepal) 4:27:56 AM
 
 


पल र पुजाको साथमा जापानमा 'रावायण' चलचित्र प्रदर्शन हुने

  POSTED ON : Monday, 09 September, 2024 | Views : 698

पल र पुजाको साथमा जापानमा 'रावायण' चलचित्र प्रदर्शन हुने


टोकियो, जापान ।

नेपालमा सफल प्रदर्शन गरिरहेको चलचित्र 'रावायण' लिएर यसका मुख्य कलाकार पल पूर्ण विक्रम शाह र पुजा शर्मा जापान आउने भएका छन् । चलचित्र रावायण जापानका प्रमुख डेढ दर्जन शहरमा प्रदर्शन हुने भएको छ ।

राजधानी टोकियो सहित शिजुओखा, ओकिनावा, नागोया, निगाता, ओसाका लगायत जापानको प्रमुख शहरहरुमा चलचित्र रावायण प्रदर्शन हुन लागेको चलचित्रको जापान वितरण अधिकार लिएका बिरेन्द्र शाहीले जानकारी दिएका छन् । शाहका अनुसार चलचित्रका अभिनेता पल शाह र पुजा शर्मा पनि चलचित्रको प्रदर्शनका लागि जापान आउने निश्चित भएको छ ।

नायिका शर्मा र नायक पल शाह राजधानी टोकियोमा हुने चलचित्र प्रदर्शनमा प्रत्यक्ष उपस्थित हुनेछन् । टोकियो नाकानो जेरो हलमा अक्टोबर १ तारिख मंगलबार साँझ ६ बजे चलचित्र रावायण प्रदर्शन मिति तोकिएको छ ।

पल शाह र पुजा शर्मा आउने भएपछि टिकट खरिदको लागि दैनिक दर्जनौं कल र बुकिगं भइरहेको बताउँदै टोकियो प्रदर्शनको व्यवस्थापन समेत गरिरहेका बिरेन्द्र शाहीले टोकियोमा हुने रेड कार्पेट विशेष सो को १०० भन्दा ज्यादा टिकट विक्रि भइसकेको बताए । चलचित्रको टोकियो प्रदर्शन भने एनपिए इन्टरनेशनल कम्पनीले गर्दैछ ।

टोकियो बाहेक नागोयामा हुने सेप्टेम्बर २६ तारिखको शो मा पल शाह सहभागी हुने भएका छन् ।

यस बाहेक शिजुओखा सेप्टेम्बर २२, ओकिनावा सेप्टेम्बर २४, फुकुयामा सेप्टेम्बर २८, सेप्टेम्बर २९ निगाता र सेप्टेम्बर ३० ओसाकामा प्रदर्शन हुने निश्चित भइसकेको छ । चलचित्र वितरणको अधिकार पाएका शाहीका अनुसार अन्य एक दर्जन शहरहरुमा प्रदर्शनको लागि मिति घोषणा र सम्झौता अन्तिम चरणमा पुगेको छ ।

भदौ २१ बाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘रावायण’ एक्सन प्रधान चलचित्रको रुपमा रहेको छ ।

हिंसात्मक बाटोमा रहेको पात्र र प्रेमको रक्षाका लागि गर्ने पात्रबीचको संघर्षलाई चलचित्रको ट्रेलरमा प्रस्तुत गरिएको छ । दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाह एक्सन अवतारमा देख्न सकिन्छ ।

चलचित्रमा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छिन् । उनलाई पाउन पलको दोहोरो चरित्र रहेको ट्रेलरले देखाउँछ । 

अभिनेत्री प्रियंका कार्की चलचित्रमा मुस्लिम महिलाको भूमिकामा देखिएकी छन् । 

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । 

पल, पूजा, प्रियंकासँगै प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा र शिवम अधिकारीको लेखन रहेको छ ।