(Japan) 4 th October | 2024 | Friday | 8:01:55 AM || (Nepal) 4:46:55 AM
 
 


आफ्नै श्रीमतीलाई दिनमै सयौं पटक फोन गरेर हैरान बनाउने व्यक्ति पक्राउ

  POSTED ON : Saturday, 07 September, 2024 | Views : 1418

आफ्नै श्रीमतीलाई दिनमै सयौं पटक फोन गरेर हैरान बनाउने व्यक्ति पक्राउ


टोकियो, जापान ।

ह्योगो प्रिफेक्चरको अमागासाकी सहरमा बस्ने ३१ वर्षीया जापानी महिला लगातारको फोनले असाध्यै निराशा भइन र आफुलाई थकित महशुस गर्न थालिन् । जुलाई १० मा, उनको फोनमा कलहरू एकपछि अर्को आउन थाले, तर फोन गर्ने व्यक्ति नबोलेर मौन बस्दा हैरान भइन् ।

तपाईलाई लाग्दो हो नम्बर ब्लक गरेर रोक्न सकिन्थ्यो, तर महिलाको फोनमा नदेखिने नम्बरहरुबाट कलहरु आइरहेका थिए । यो घटना हप्तौंसम्म चल्यो, महिलाको फोनमा एकै दिनमा १०० भन्दा बढी कलहरू आइरहेका थिए । तर यस उत्पीडनको पछाडि कसको हात थियो भनेर कुनै सुराक भेटिएन ।

केहि समय रोकिएको फोन कल, अगष्ट लागेपछि पुन जारी देखिन थाल्यो । ती महिलालाई ती दुई अवस्थाहरूको बारेमा केही कुरा याद आयो जुन समयमा कलहरू आउन बन्द भएका थिए । महिला सुतिरहेको बेला उनका श्रीमान् पनि सुतिरहेका थिए र उनी मोबाइलमा गेम खेल्दा श्रीमानको स्मार्टफोन लिएर बसेकी थिइन् ।

अर्को शब्दमा, भन्नु पर्दा उनले पतिको फोन लिएको वा नजिकै भएको बेला कुनै पनि कल आइरहेको थिएन ।

उनको शंका बढ्दै जाँदा, महिला सहयोग माग्न प्रहरीकोमा गइन् । अनुसन्धान पछि प्रहरीले शिकारीलाई समात्यो । सेप्टेम्बर ४ मा, ह्योगो प्रिफेक्चरल पुलिसले ३८ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । पिडित महिलाका श्रीमान अमागासाकीका बासिन्दा पनि हुन्, जसमाथि जापानको एन्टी स्टिकिङ कानून उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

अन्वेषकहरूले सोधपुछ गर्दा, व्यक्तिले १० जुलाई र अगस्ट ४ बीच कलहरू गरेको स्वीकार गरेका छन् । कल गर्दा आफ्नो नम्बर लुकाउन आफ्नो फोन कन्फिगर गरेको पाइएको छ । यसको गर्दा सिधा फोन नम्वर कल गरेको व्यक्तिको मोबाइलमा देखिंखैन ।

अनौठो त यो जोडीको कुनै वैवाहिक झगडा भएको पाइएको छैन । जब अभियुक्तलाई उसको मनसायको बारेमा सोधिएको थियो, ती व्यक्तिले भने, 'म मेरी श्रीमतीलाई माया गर्छु, र उसलाई फोन गरेर केही नभनी राखें ।'

प्रहरी नै अचम्ममा परेको यो घटना के हो भने आफ्नी श्रीमतीलाई फोन गरेर हैरान बनाउने श्रीमान श्रीमतीसँगै बस्दै आएका थिए । फोन गर्नु बाहेक दुई बिच कुनैपनि कुरामा असमझदारी र मतभेद भएको प्रहरीले पाएको छैन ।