टोकियो, जापान ।
नेपाली चलचित्रलाई जापानमा प्रदर्शन गर्दै आएका अधिकाशंले मुनाफा मात्र हेरेर ठूला सभाहलमा फिल्म देखाउँदै आएकोमा धेरै पछि टोकियोका फिल्म हलहरुमा नेपाली चलचित्र बेहुली फ्रम मेघौली प्रदर्शन हुन भएको छ ।
टोकियो ड्रिम्स इन्टरटेनमेन्टले राजधानी टोकियोका बिभिन्न ३ फिल्म हलहरुमा चलचित्र 'बेहुली फ्रम मेघौली' प्रदर्शन गर्ने भएको छ ।
चलचित्रको एउटै मात्र गित छड्के सलाम शिर्ष गीतको हैन भने है मेरी बुहारीलाई मैं गरौंला घरको काम बोलको मौलीक गीत मार्फत चर्चा कमाइरहेको यस बर्षको बहुप्रतिक्षित चलचित्र बेहुली फ्रम मेघौली आगामी अक्टोबर ५ तारिख शनिबा शिनागावामा रहेको किनेका हलमा प्रदर्शन हुने भएको छ ।
यसैगरि टोकियो आसपासमा रहेका नेपाली दर्शकहरुलाई चलचित्र घरमै फिल्म हेर्ने मौका मिलाउँदै आयोजक टोकियो ड्रिम्सले अक्टोबर ६ तारिख आइतबार बेलुको ६ बजे ह्युम्याक्स सिनेमास हलमा र अक्टोबर ६ तारिख आइतबारकै दिनमा खावागुचीमा रहेको स्किपसिटी हलमा प्रदर्शन हुने भएको छ ।
टोकियो ड्रिम्स इन्टरटेनमेन्टका अन्जु श्रेष्ठका अनुसार चलचित्र 'बेहुली फ्रम मेघौली' को टिकट विक्रि सुरु गरिएको छ ।
टोकियो आसपास चिबा, खानागावा, साइतामा लगायत क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई पायक पर्नेगरि ३ वटा हलमा चलचित्र प्रदर्शन व्यवस्था मिलाएको आयोजकले जापानबासी सबै नेपालीहरुलाइ चलचित्र घरमा तोकिएको मितिमा गएर हेरेर मनोरञ्जन लिन अनुरोध गरेको छ ।
स्मरणिय छ जापान टोकियोमा यसअघि सन् २०२२ मा प्रेमगित २ लाई टोकियो ड्रिम्सले नै चलचित्र घरहरुमा प्रदर्शन गराएको थियो । त्यसयता सबै नेपाली चलचित्रहरु कार्यक्रम हुने सभाहलहरुमा स्क्रिनमा देखाईंदै आएको छ ।
चलचित्रलाई कार्यक्रम हुने ठूला सभा हलहरुमा प्रदर्शन गरिंदा साउण्ड, पिक्चर क्वालिटि गुणस्तरहिन हुँदा दर्शकहरुले गुनासो गर्दै आएका छन् ।
नेपालमा आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'बेहुली फ्रम मेघौली' को टिजर सार्वजनिक भइसकेको छ । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन्
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ ।
चलचित्र 'बेहुली फ्रम मेघौली' जापानका अन्य शहरहरुमा पनि प्रदर्शन हुने भएको छ । अन्य शहरहरुको मिति र स्थान तय हुने क्रममा रहेको टोकियो ड्रिम्स इन्टरटेनमेन्टका धिरज अर्यालले जानकारी दिएका छन् ।