(Japan) 12 th September | 2024 | Thursday | 2:27:45 AM || (Nepal) 11:12:45 PM
 
 


टोकियो मेगुरो कुमिन सेन्टरमा भोली भव्य तीज सांस्कृतीक कार्यक्रम हुँदै

  POSTED ON : Wednesday, 04 September, 2024 | Views : 362

टोकियो मेगुरो कुमिन सेन्टरमा भोली भव्य तीज सांस्कृतीक कार्यक्रम हुँदै


टोकियो, जापान ।

हरितालिका तीजको अवसरमा यस बर्ष टोकियोमा आयोजित दुई दर्जन सांस्कृतिक कार्यक्रमहरु मध्ये बहुप्रतिक्षित र यस बर्षको सम्भवत अन्तिम कार्यक्रम भोली सेप्टेम्बर ५ तारिख बिहिबार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुँदैछ ।

ओकिनावा, फुकुओका, नागोया, होक्काइदो, उचुनोमिया हुँदै शिजुओखासम्मका आफ्ना सबै तीज विशेष कार्यक्रम भव्य बनाउन सफल लोकप्रिय गायक रामजी खाँड, सम्झना लामिछाने मगर सहित समिक्षा अधिकारी यसको मुख्य आकर्षण रहेका छन् ।

टोकियोमा रहेका स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने तीज फेस्टिवल नाम दिइएको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था लाइफ फर फ्रेण्डसका खिमराज शाहले जानकारी दिनुभयो ।

मेगुरो कुमिन सेन्टरमा साँझ ५ः३० बजेबाट सुरु हुने कार्यक्रमको लागि प्रवेश शुल्क ३,००० येन तोकिएको छ ।

हालसम्म करिव २ सय टिकट विक्रि भएको बताउँदै आयोजकले बुकिगं भएका र कार्यक्रम स्थल मेगुरो कुमिन सेन्टरको गेटमै समेत गरि करिव ५ सय दर्शक उपस्थित हुने अनुमान गरिएको बताएको छ ।

यस बर्षको टोकियोको अन्तिम तीज विशेष नाचगान कार्यक्रम भएकाले दर्शकहरुको उल्लेख्य उपस्थिति हुने विश्वास गरिएको छ । कार्यक्रममा टोकियो र आसपासका क्षेत्रहरुमा बसोबास गर्नुहुने नेपाली दिदिबहिनीहरु सहित सबैमा कार्यक्रममा उपस्थित भएर रमाइलो गर्नको लागि आयोजक संस्थाका खिमराज शाहले निमन्त्रणा समेत गरेका छन् ।