(Japan) 12 th September | 2024 | Thursday | 2:20:41 AM || (Nepal) 11:05:41 PM
 
 


भोली टोकियो नाकानोमा तीज सांगीतिक कार्यक्रम, सम्पूर्ण तयारी पुरा

  POSTED ON : Monday, 02 September, 2024 | Views : 256

भोली टोकियो नाकानोमा तीज सांगीतिक कार्यक्रम, सम्पूर्ण  तयारी पुरा


टोकियो, जापान । 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भोली सेप्टेम्बर ३ तारिख टोकियोमा हुने तीज सांगीतिक फेष्टिवल भव्य बनाउन आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।


नेपाल जापान कल्चरल सोसाईटी र एकता कलेक्सन जापानको संयुक्त आयोजना नेपालको विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगार्थ तीज सांगीतिक कार्यक्रम आयोजना गरिएको र आवश्यक तयारी पुरा भएको आयोजक एकता कलेक्सन जापानका सीईओ तेज थिंगले जानकारी दिनुभयो ।


जापानमा अध्ययन,पेशा व्यवसाय तथा अन्य विभिन्न उदेश्यले आउपुगेका नेपाली नारीहरुलाई तीजको अवसरमा घरदेश नभए पनि परदेशमै भएपनी तीजको तिर्सना मेटाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गर्न लागेको नेपाल जापान कल्चरल सोसाईटीका अध्यक्ष हरिलाल श्रेष्ठले बताउनुभयो ।


विशेष गरि महिला तथा विद्यार्थीहरुलाई मनोरंजन हुने गरि कार्यक्रम सेप्टेम्बर ३ तारिख मंगलबार टोकियो नाकानो जिरो हलमा साँझ ६ बजेबाट १० बजेसम्म आयोजना गरिएको एकता कलेल्शन जापानको सीईओ थिंगले बताउनु भयो ।


उक्त कार्यक्रमा नेपालबाट चर्चित गायक प्रताब दास, लोक दोहोरी गायिका उमा श्रेष्ठ, गायक कुमार कार्की र हास्यकलाकार अनिता बस्नेत(मास्टर्नी) र जापानमै रहेकी डांसर कामना मगर, दीपा थापा मगर लगाएतको स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहने जनाएको छ ।


Program Venue

Date : 3 September 2024

Time : 5:30PM Onwards (Japan)

Adress: Nakano Zero Hall

2-9-7 Nakano, Nakano City, Tokyo

टिकटको लागि संपर्क : 080-6779-7770   

टिकट : नर्मल- २,००० येन

विद्यार्थी : १,००० येन