टोकियो, जापान ।
जापानमा रहेर नेपाली लोक दोहोरी गीत गायन र सृजनामा अग्रसर गायक सुर्य खड्का र समिना खड्का लोहनीले महिलाहरुको मुख्य पर्व तीजलाई लक्षित गरेर गीत घरै धानिछु सार्वजनिक गरेका छन् ।
महिलाहरुको माईती र घरको अनुभव, माईतीको माया र बाल्यकालको सम्झना अनि घरको संघर्ष र जीवन भोगाइका विभिन्न पक्षलाई समेटेर उत्कृष्ठ शब्द र संगीत सहित सुमधुर आवाजका धनी सुर्य खड्काले लोकप्रिय गायिका समिना खड्कालाई गीतमा साथ दिएका छन ।
जापानमा नै तयार पारिएको म्यूजिक भिडियोमा तुल्सी सापकोटाको उत्कृष्ठ नृत्य देख्न सकिन्छ ।
परदेशी गायकको परिचय कमाएका सुर्य खड्काले आफ्नै युट्युव च्यानलबाट गीत सार्वजनिक गरेका छन् । गीतले हप्तादिनमै १ लाख भन्दा बढि भ्यु पाइसकेको छ ।