टोकियो, जापान ।
जाले रुमाल, मुटु बैना, आमाले भाग्य लेख्न मिल्ने भाको भा, जस्ता दशौं लाख दर्शकले मन पराएका गीत रचनाका सर्जज तथा गायक प्रेम सापकोटा 'सोनु' एक उत्कृष्ठ तीज गीत लिएर श्रोता दर्शकमाझ उपस्थित भएका छन् ।
'काली पसम कि' शिर्ष भाकाको तीज गीतमा विवाह गरेकी चेलीको घरको यातना र पिडालाई शब्दमा जति न्याय गरेका छन् त्यो भन्दा बढि न्याय आवाजमा शान्ति श्री परियारले दिएकी छिन् । गीतको गीत रचना र संगीत सापकोटा स्वयंको रहेको छ ।
दुई दर्जन बढि लोक तथा दोहोरी गीतको रचना सहित संगीत र आवाज समेत भरेका बहुप्रतिभासाली सर्जक प्रेम सापकोटाको कालि पसम कि गीत सम्भवत अहिलेसम्मकै उत्कृष्ठ सिर्जना मान्न सकिन्छ ।
शब्द र संगीतमा सापकोटाले जति मेहनत गरेका छन् सर्वप्रिय गायिकाको रुपमा रहेकी शान्तिश्री परियारले आवाज अनि अभिनयमा स्मारिका ढकाल र जोन बम ढकुरीको अभिनयले गीत सुनेर वा भिडियो हेरेपछि सबैको तारिफ पाउन सफल हुने देखिन्छ । यस आधारमा सोनुको तीज गीत कालि मसम कि बर्ष २०८१ कै उत्कृष्ठ तीज गीतको लिष्टमा दरिने पक्का छ ।
उत्कृष्ठ गीतलाई भिडियोमा जीवन्त बनाउन गीतको कथा, कोरियोग्राफ र निर्देशन गरेका जेरी भण्डारीको मेहनत भिडियोमा देख्न सकिन्छ ।
संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् भने गीत रेकर्डिङ मालाश्री स्टुडियो गरिएको छ ।