(Japan) 18 th March | 2025 | Tuesday | 5:26:35 AM || (Nepal) 2:11:35 AM
 
 


टोकियोमा चलचित्र फर्की फर्की प्रदर्शनमा अनमोल केसी जापान आउने

  POSTED ON : Wednesday, 29 May, 2024 | Views : 1054

टोकियोमा चलचित्र फर्की फर्की प्रदर्शनमा अनमोल केसी जापान आउने


टोकियो, जापान । 

चलचित्र फर्की फर्कीको टोकियो प्रदर्शनमा सहभागी हुन अभिनेता अनमोल केसी जापान आउने भएका छन् ।

जुन ९ तारिख टोकियोको नाकानोमा हुने प्रदर्शनमा अनमोलको रेड कार्पेट स्वागत सहितको प्रिमियर गरिने आयोजकले जनाएको छ ।


चलचित्रको जापान प्रदर्शन अधिकार लिएका सुवास लामिछानेले ६ वर्ष पछि अनमोललाई पुन जापानमा नेपाली चलचित्रप्रेमी माझ उपस्थित गराउन लागेका हुन् । यसअघि पनि सन् २०१८ मा चलचित्र कृ को रेड कार्पेट प्रिमियरका क्रममा अनमोललाई लामिछानेले नै जापान झिकाएका थिए ।


चलचित्र फर्की फर्कीलाई नेपालका दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाइरहँदा जापानमा पनि राम्रो साथ पाउने अपेक्षा आयोजकले गरेको छ । चलचित्रको लागि बिद्यार्थीहरुलाई २५०० येन र सामान्य तर्फ ३००० येन तोकिएको छ ।


चलचित्रको टिकट टिकटखै डट कम अनलाइन लगायत टोकियोको बिभिन्न रेस्टुरेन्टहरुमा बिक्रिका लागि उपलब्ध गराइएको बताइएको छ।