टोकियो, जापान ।
महिला प्रधान चलचित्रको रुपमा चर्चा गरिएको सामाजिक कुरिति बिरुद्धको नेपाली कथानक चलचित्र बोक्सीको घर जापानको राजधानी टोकियोमा भोली आईतबार प्रदर्शन हुने भएको छ ।
भिजोनिया कर्पोरेशनले जापानमा प्रदर्शन अधिकार प्राप्त गर्दा गरेको बताउँदै सुवास लामिछानेले टोकियो प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको र प्रदर्शन व्यवस्थापन डेस्टिनि क्रियशनले गरिरहेको जानकारी दिएका छन् ।
टोकियो स्थित नाकानो जेरो हलमा आईतबार साँझ ६ ३० बजे प्रदर्शन हुने चलचित्र नाकानो जेरो हलको १२ सय सिट क्षमताको भव्य हलमा प्रदर्शन हुने भएको छ । चलचित्र हेर्न चाहनेहरुको माग बढ्दै गएपछि चलचित्र नाकानो जेरो हलको ठूलो पर्दामा देखाउन लागिएको आयोजकले जनाएको छ ।
चलचित्र ‘बोक्सीको घर’ले तीन हप्तामा नेपालमा १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले तीन हप्तामा १० करोड ग्रस कलेसक्सन गरेको हो ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारीको मुख्य भूमिका रहेको छ । केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।
केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।