(Japan) 20 th May | 2024 | Monday | 12:19:18 AM || (Nepal) 9:04:18 PM
 
 


श्रीमतीले बलात्कार उजुरी हालेपछि गायक रवि ओड आफैं पुगे प्रहरी चौकी

  POSTED ON : Sunday, 12 May, 2024 | Views : 412

श्रीमतीले बलात्कार उजुरी हालेपछि गायक रवि ओड आफैं पुगे प्रहरी चौकी


धनगढी, नेपाल ।

गायक रवि ओडले आफैं प्रहरी कार्यालय उपस्थित भएर आत्मसमर्पण गरेका छन् । बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको कैलाली प्रहरीले जनाएको छ । 

ओड विरुद्ध गत चैत २१ गते वैवाहिक बलात्कारको आरोपमा आफ्नै श्रीमतीले जाहेरी दिएकी थिइन । 

जाहेरी परेका बेला जापान सांगितिक कार्यक्रमका लागि रहेकाले ओड नेपाल फर्किएपछि बिहीबार आफै प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

उनकी श्रीमतीले रवि माथि अप्राकृतिक मैथुन, जर्वजस्ती यौन सम्पर्क लगायतका आरोप लगाउँदै आरोपत्र दायर गरेको बताइएको छ ।