(Japan) 15 th January | 2025 | Wednesday | 6:33:30 PM || (Nepal) 3:18:30 PM
 
 


जापानको नेपाली ब्याण्ड THE WE भर्चुअल ब्याण्ड प्रतियोगिताको सेमी फाइनलमा

  POSTED ON : Thursday, 09 May, 2024 | Views : 726

जापानको नेपाली ब्याण्ड THE WE भर्चुअल ब्याण्ड प्रतियोगिताको सेमी फाइनलमा


टोकियो/जापान ।

जापानमा रहेको THE WE “हामी”ब्याण्ड भर्चुअल ब्याण्ड प्रतियोगिताको सेमी फाइनलमा पुग्न सफल भएको छ ।


नेपाल गितार ट्युटोरियल ,संगीत पाठशाला र पेपरबक्सको संयुक्त आयोजना र EDUQUEST NEPAL ,WAKAW VISUALS ,MIM AUSTRALIAको सहयोगमा भइरहेको नेपालको पहिलो भर्चुअल ब्याण्ड प्रतियोगिताको टप १२ बाट टप ५को लागि केही दिन अघिदेखि  भोटिङ राउण्ड खुल्ला गरिएको छ ।


प्रतियोगितमा जापानमा रहेको THE WE “हामी”ब्याण्ड टप १२ मा छनौट भइ टप ५को लागि प्रतिष्पर्धाको लागि तयारी तथा अभ्यास गरिरहेको छ ।


टप ५ भोटिङको लागि ही मे ११ तारिख शनिबारसम्म नेपाल गितार ट्युटोरियलको आधिकारिक फेसबुक पेजमा गइ भोटिङ पोलमा क्लिक गरी अमुल्य भोट गरी सहयोग गरिदिन THE WE “हामी”ब्याण्डका भोकालिष्ट नमराज देवानले अनुरोध गर्नुभएको छ ।हरेक साताको शनिवार नेपाल गितार ट्युटोरियलको आधिकारिक युट्युव च्यानलबाट स्थानिय जापानी समय अनुसार साँझ ४ बजे लाइभ हेर्न सकिने भएकोले जापानमा रहेका नेपाली समुदायले प्रतियोगिता हेरेर हौसला अनि सहयोग गर्न समेत ब्याण्डका भोकालिष्ट  देवानले अनुरोध गरेका छन् ।


THE WE “हामी”ब्याण्ड जापानमा नेपाली समुदायमाझ निकै चर्चा कमाउन सफल ब्याण्डको रुपमा परिचित THE WE “हामी”ब्याण्डका भोकालिष्ट नमराज देवान, गितारिस्ट द्वय निमेश राइ र सोजुन इचिमुरा ,बासिस्ट अनिकीत महर्जन र ड्रमर प्रशान्त बलामी अहिले जापानको ब्यस्त दैनिकीसंगै कडा मिहेनतका साथ उपाधि हात पार्न दिनँहु अभ्यासमा ब्यस्त रहेका छन ।


प्रतियोगितामा सहभागी ब्याण्डलाइ जापानस्थित भिन्तुना डाइनिङ तथा नेपाली रेष्टुरेन्टले सहयोग गर्दै आइरहेको ब्याण्डका गितारिष्ट निमेश राइले जानकारी दिए ।


नेपालको इतिहासमा सम्भवत पहिलो पटक आयोजित भर्चुअल ब्याण्ड प्रतियोगिता यस वर्षको जनवरी महिनाबाट सुरुवात भएको थियो । प्रतियोगितामा नेपाल ,भारत ,जापान ,हङकङ ,अष्ट्रेलिया लगायतका मुलुकका ७३ वटा ब्याण्ड सहभागिता भएका छन ।


THE WE “हामी” ब्याण्डलाइ जिताइ नेपाली सांगितिक क्षेत्रमा योगदान पुराउने अवसर दिन सम्पुर्ण जापानबासी तथा देश तथा बिदेशमा रहेका नेपालीहरुलाइ अनुरोध गरेको छ ।


भोटिङको लागि लिंकमा क्लिक गर्नुहोस