(Japan) 21 st February | 2024 | Wednesday | 8:32:58 PM || (Nepal) 5:17:58 PM
 
 


साहिलको 'आफ्नो त कोहि छैन' ट्रेन्डिङमा चढ्दै (भिडियो सहित)

  POSTED ON : Wednesday, 07 February, 2024 | Views : 638

साहिलको 'आफ्नो त कोहि छैन' ट्रेन्डिङमा चढ्दै (भिडियो सहित)


टोकियो, जापान ।

त्यो मन मा बोलको गीत मार्फत नेपाली सांगितिक क्षेत्रका उदियमान गायकको रुपमा उदाएका गायक साहिल खड्काले नयाँ गीत 'आफ्नो त कोहि छैन' सार्वजनिक गरेका छन् ।

गायिका अनु चौधरीसँगको सहकार्यमा गायक खड्काले म्यूजिक भिडियोलाई आफ्नै युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरेका हुन् । म्यूजिक भिडियो सार्वजनिक भएको २४ घण्टाको अन्तरालमा ८५ हजार पटक हेरिसकिएको छ ।

एक्लै रहेकाहरुको भावनालाई समेटेर सार्वजनिक गीतले सबैको मन जित्ने विश्वास व्यक्त गर्दै गायक खड्काले सबैको साथ र माया पाउँदा गीत ट्रेन्डिङमा चढ्ने आशा पलाएको जापानसमाचारलाई बताए ।

साहिलले कान्छि बोलको गीत पछि तीन बर्षको अन्तरालमा सांगितिक कोषेली लेराएका हुन् । त्यसअघि साहिलले कालो छाता, हिजो आज, सरिम लाउने, कालो कोठी गालैमा, एकपल लगायत गीत बजारमा लेराइरहेका छन् ।

जापानलाई कर्मथलो बनाउँदै नेपाली सांगितिक क्षेत्रमा सक्रिय साहिलले जापानी शब्द र कलालाई पनि म्यूजिक भिडियोमा फ्युजन गराएका छन् ।

गीतमा जापानी शैलीलाई पनि पछ्याएका उनले जापानी भाषालाई पनि सांगितिक कला मार्फत गीतमा प्रस्तुत गरेका छन् ।

प्रेमि प्रेमिका नभएका युवा युवतिको भावनालाई समेट्दै सुन्दर दृश्य र उत्कृष्ठ अभिनय सहित म्यूजिक भिडियोमा गायक शाहिल र चर्चित मोडल सिम्पल खरेलाई देख्न सकिन्छ ।

गीतमा शब्द र संगित गायक शाहिल खड्का स्वयंको रहेको छ भने संगित संयोजन उर्गेन दोंगको रहेको छ ।

रबिन श्रेष्ठ र निमा लामालाई पनि देख्न सकिने भिडियोमा शुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोको निर्देशन बिजेश पौडेलले गरेका हुन् ।

भिडियो हेर्नुहोस्