टोकियो, जापान ।
युक्रेनमा जन्मेकी मिस जापानकी विजेता कारोलिना शिइनोले अफेयरका कारण माफी मागेर ताज त्यागेकी छन् ।
युक्रेनमा जन्मिएकी तर जापानी नागरिकता बाहक कारोलिनाले दुई साता अघि मात्र २०२४ को मिस जापान सौन्दर्य प्रतियोगिता उपाधि जितेकी थिइन् । प्रतियोगिता आयोजकहरूका अुनसार सोमबार एक पत्रिकाको रिपोर्टमा विवाहित पुरुषसँगको उनको सम्बन्धको विवरण आएपछि उनले उपाधि ताज त्यागेकी हुन् ।
२६ वर्षीया क्यारोलिना शिइनोलाई जनवरी २२ मा २०२४ मिस जापान ग्राण्ड प्रिक्सको विजेता घोषित गरिएको थियो । प्रतियोगितामा शीर्ष पुरस्कार जित्ने उनी युरोपेली वंशको पहिलो महिला थिइन् ।
युक्रेनी आमाबाबुबाट जन्मिएकी शिइनो पाँच वर्षको उमेरमा जापान आएपछि मध्य जापानको नागोयामा हुर्किएकी हुन् ।
उनको मिस जापान विजय पहिले नै उनको विदेशी जराको कारण विवादास्पद मानिएको थियो, तर उनको सम्वन्धको बारेमा बिहीबार शुकान बुनशुन साप्ताहिक पत्रिकाको खुलासा गरेपनि उपाधि त्याग्न बाध्य भएकी हुन् । जसले एक विवाहित प्रभावशालीसँग उनको सम्बन्धको रिपोर्ट गरेको थियो, जो एक डाक्टर पनि हुन् ।
सोमबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै मिस जापान एसोसिएसनले आफ्नो उपाधि त्याग्ने उनको अनुरोधलाई स्वीकार गरेको बताएको छ ।
संघले प्रायोजकहरू र न्यायाधीशहरू सहित सम्बन्धित पक्षहरूलाई यसको 'गहिरो माफी' पनि प्रस्ताव गरेको छ, र प्रतियोगिताको शीर्ष सम्मान अर्को पटक उपाधि आयोजना नभएसम्मका लागि खाली रहने घोषणा गरेको छ।
प्रतियोगिता आयोजकहरूले सुरुमा रिपोर्ट पछि शिइनोलाई समर्थन गर्दै उपाधि त्याग्न नपर्ने अभिव्यक्ति दिएका थिए । तर सोमबार वैवाहिक स्थिति थाहा पाएपछि पनि उनले सम्वन्ध कायम राखेको पुष्टि सहितका समाचार प्रकाशित भएपछि उनि पद त्याग्न बाध्य भएकी हुन् ।
आफ्नो इन्स्टाग्राम खातामा पोष्ट गरिएको माफीमा, शिइनोले लेख बाहिर आएपछि उनको भ्रम र डरको बीचमा उनले सत्य बताउन असमर्थ भएको बताइन् । उनले लेखेकी छिन्, ‘मैले निम्त्याएको ठूलो समस्या र मलाई समर्थन गर्नेहरूलाई धोका दिएकोमा म साँच्चै माफी चाहन्छु ।'
जापानी सौन्दर्य प्रतियोगिताहरू यसअघि पनि पहिचानको विषयमा बहसको विषय बनेका थिए । जसमा सन् २०१५ मा मिस युनिभर्स जापान प्रतियोगितामा जापानी आमा र अफ्रिकी अमेरिकी बुबाबाट जन्मिएकी एरियाना मियामोतोलाई मिश्रित सम्पदाको पहिलो विजेताको रूपमा उपाधि दिइएको थियो ।