(Japan) 17 th February | 2025 | Monday | 10:44:46 AM || (Nepal) 7:29:46 AM
 
 


विवादित भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

  POSTED ON : Friday, 02 February, 2024 | Views : 2380

विवादित भारतीय अभिनेत्री पुनम पाण्डेको निधन


एजेन्सी ।

अश्लिल हर्कतका कारण विवाद र चर्चामा रहनेगरेकी भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको अल्पायुमै निधन भएको छ ।

पुनमको म्यानेजरले उनको निधन भएको पुष्टि गरेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । ३२ वर्षीय पाण्डेले सर्भिकल क्यान्सर रोगको उपचार गराउँदै आएकी थिइन् 

पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ ।

पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

सन् २०११ मा क्रिकेट विश्व कप फाइनल अघि भारतले फाइनल खेल जितेमा नांगिने घोषणा गर्दै भिडियो सार्वजनिक गरेपनि उनी चर्चा र विवादमा मुछिएकी थिइन् ।

अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् । तर उक्त शो पुनमले जित्न सकिनन् । पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन् ।