टोकियो, जापान ।
कास्की पोखरा समाज जापानले आयोजना गरेको मौलीक फोटो प्रतियोगीताको पुरस्कार बितरण गरेको छ । नेपाली दिदिबहिनीलाई दर खुवाउने कार्यक्रम सहित राजधानी टोकियोमा भब्य रुपमा सम्पन्न गरेको हो ।
प्रतियोगीतामा सहभागी १९१ जना बाट उत्कृष्ठ तिन जनालाई पुरस्कृत गरिएको संस्थाले जनाएको छ । प्रथम, द्धितिय र तृतिय लाई क्रमशः ५० हजार, ३० हजार र १० हजार जापानी येन बितरण गरिएको महासचिब सरोज कार्कीले जानकारी दिनुभयो ।
भेषभुसा र कला संस्कृतीको बढ्दो बिकृतीलाई थोरै भएपनि कम गर्न र नेपालको मौलीक पोषाकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यक्रम आयोजना गरिएको कास्की पोखरा समाजका सचिब तथा कार्यक्रम संयोजक जिबन पोखरेल 'कन्चन' ले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार नेपाल पोखरा निवासी दुर्गा बराल, द्धितिय स्याङ्जा जिल्ला घर भई जापानको नागोया बसोबास गर्दै आएउनुभएकी भगबती कार्की र तृतीय नेपाल घर पोखराभई हाल जापानको टोकियो बस्नुहुने स्वस्ती क्षेत्रीले हात पार्नु भएको छ ।
आउँदो बर्षमा पनि यस्तै मौलिक कार्यक्रमहरुलाई निरन्तरता दिने संयोजक जिबन पोखरेल 'कन्चन' ले बताउनुभयो ।