(Japan) 4 th October | 2024 | Friday | 8:45:53 AM || (Nepal) 5:30:53 AM
 
 


चलचित्रको नाम फेर्ने भएपछि ‘एक भगवत गीता’ प्रदर्शन टुंगो लाग्यो

  POSTED ON : Monday, 11 September, 2023 | Views : 1190

चलचित्रको नाम फेर्ने भएपछि ‘एक भगवत गीता’ प्रदर्शन टुंगो लाग्यो


टोकियो, जापान ।

चलचित्र  ‘एक भगवत गीता’ को विषयमा निकालिएको विवाद टुंगिएको छ । चलचित्रको कथा भन्दा नाममा विवाद झिकेको पक्षले शीर्षक परिवर्तन गर्ने शर्तमा चलचित्र चल्न दिने सहमती गरेको हो ।

सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो । सहमति अनुसार अब फिल्मको नाम पोष्टमार  ‘एक भागवत् र एक गीता लेखिनेछ । साथै चलचित्रको नाम भन्दा तल सामाजिक कथा भनेर पनि लेखिनेछ ।

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको कुतर्क गर्दै प्रदर्शन रोक्न माग सहित चलचित्र विकास बोर्डमा निवेदन दिएको थियो ।

धार्मिक संस्थाको निवेदनपछि चलचित्र विकास बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस नगरी चलचित्र निर्माण पक्षलाई असहयोग गरेको थियो ।

चलचित्र एक भगवत गीता भदौ २९ गते नेपालमा प्रदर्शन हुँदैछ ।

चलचित्र जापान लगायत विश्वका दुई दर्जन बढि देशमा प्रदर्शन हुने भएको छ ।