(Japan) 3 rd October | 2023 | Tuesday | 6:18:54 AM || (Nepal) 3:03:54 AM
 
 


बिहुँकोट समाजको तीजमा सम्झना, शिखर, आनन्द देखि सृजना र युवराजले नचाउने

  POSTED ON : Wednesday, 06 September, 2023 | Views : 596

बिहुँकोट समाजको तीजमा सम्झना, शिखर, आनन्द देखि सृजना र युवराजले नचाउने


टोकियो, जापान ।

जापानमा बसोबास गर्दै आएका नेपाल बागलुङ जिल्ला बिहुँकोट निवासीहरुको साझा संस्था बिहुँकोट समाज जापानले यस बर्ष टोकियो र ओसाकामा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपालका लोकप्रिय कलाकारहरु सहित समाजले सेप्टेम्बर १८ तारि टोकियोमा बृहत सांस्कृतीक कार्यक्रम गर्ने भएको छ । नेपाली महिलाहरुको प्रमुख चाड तीजको अवसर पारेर समाजले नेपाली राजदूतावाससँगको सहकार्यमा टोकियोमा तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

ओसाकामा भने सेप्टेम्बर १४ मा कार्यक्रम आयोजना गरिन लागिएको समाजका सचिव फणिन्द्र शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था सहित लोकप्रिय गायक गायिकाहरुसँग नाचगान गरेर रमाउने मौका समाजले प्रदान गरेको छ । तीज विशेष कार्यक्रममा कलाकारहरु आनन्द कार्की, सम्झना भण्डारी, युवराज आचार्य, सृजना कुवँर र सन्तोष लामिछानेले आफ्ना लोकप्रिय गीतहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नको लागि टोकियोमा दिपक कडेल र ओसाकामा तोयानाथ रिजाललाई कार्यक्रम सयोंजकको जिम्मेवारी तोकिएको संस्थाका सचिव फणिन्द्र शर्माले जानकारी दिनुभयो ।