(Japan) 26 th April | 2024 | Friday | 3:51:39 AM || (Nepal) 12:36:39 AM
 
 


आज र भोली टोकियो कामता चौतारोमा ईन्द्रेणी कलाकारको साथमा भव्य सांस्कृतिक महोत्सव हुँदै

  POSTED ON : Sunday, 09 April, 2023 | Views : 3288

आज र भोली टोकियो कामता चौतारोमा ईन्द्रेणी कलाकारको साथमा भव्य सांस्कृतिक महोत्सव हुँदै


टोकियो, जापान ।

ईन्द्रेणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेल, ख्यातिप्राप्त हांस्य कलाकार शैलेन्द्र शिम्खडा, गायक रबि ओड, कलाकार तथा पाईलट बिजय लामा लगायतको उपस्थितिमा टोकियोको कामतामा रहेको चौतारो रेष्टुरेण्टमा आज र भोली भव्य सांस्कृतिक महोत्सव आयोजना हुँदैछ ।

कार्यक्रमको लागि चर्चित गायक कृष्ण कँडेल सहित आधा दर्जन कलाकार शनिवार जापान आइपुगिसकेको र रवि ओड, शैलेन्द्र सिम्खडा लगायत कलाकार आइतबार बिहान टोकियो आइपुग्ने आयोजक चौतारो रेष्टुरेण्टका संचालक व्यवसायी केशव अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको लागि सम्पूर्ण तयारी सकिएको जनाउँदै अधिकारीले टोकियो र आसपासको क्षेत्रमा रहनुहुने सबै नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रम हलमा नेपाल जापान सांस्कृतिक महोत्सवका रुपमा आयोजना गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा गायक ईन्द्र दोगं, रमेश बानिया, गायिकाहरु रुपा लामा, रेखा पौडेल लगायत कलाकारहरु पनि आइपुगेको व्यवसायी तथा समाजसेवी केशव अधिकारीले जानकारी दिनुभयो ।

२ दिनसम्म चल्ने नेपाल जापान सांस्कृतिक महोत्सव तथा हेराल्ड अवार्ड कार्यक्रम ईन्द्रेणी कार्यक्रम मार्फत टेलिभिजनमा प्रत्यक्ष प्रशारण समेत हुने भएको छ । कार्यक्रमको जापान संयोजन चौतारो ग्रुपले गरेको हो ।

नेपाल र जापानबिच सांस्कृतिक आदान प्रदान गर्नको लागि जापानी अतिथिहरुको साथमा कार्यक्रम भव्य बनाउन लागिएको अधिकारीले जानकारी दिनुभयो ।

हेराल्ड मिडियाको आयोजनामा हुन लागेको कार्यक्रमलाई चलचित्र विकास बोर्ड, नेपाल एयरलाईन्स लगायत संस्थाहरुको सहयोग रहेको छ ।

यसअघि नेपालबाट आउने कलाकारहरुको समय व्यवस्थापनमा कठिन भएपछि दुई साताका लागि सारिएको थियो । कार्यक्रम दिनको ठिक ४ बजेबाट चौतारो कामतामा सुरुहुने छ ।

नेपालमा लोक गीत तथा दोहोरी गीतको प्रचारप्रसार र सम्वर्द्धन सहित समाजसेवामा सक्रिय कृष्ण कँडेलसँग मिलेर आफुले समासेवासँगै नेपाल जापान सांस्कृतिक आदान प्रदानमा टेवा पुर्याउने उदेश्यले जापानमा कार्यक्रम आयोजना गर्न लागेको चौतारो ग्रुपमा प्रमुख केशव अधिकारीले जानकारी दिनुभयो ।

यस कार्यक्रम मार्फत जापानवासी नेपालीहरुबाट संकलित हुने सहयोग रकम ईन्द्रेणि समुहले नेपालमा सामाजिक क्षेत्रमा सहयोग गर्ने र त्यसको पारदर्शि रुपमा जानकारी उपलब्ध गराउने भएको छ ।

नेपाल जापान सांस्कृतिक महोत्सव कार्यक्रमका लागि आएको यहि टोलि टोकियोको बार काडे रेष्टुरेण्ट, ओसाका, नागोया लगायत शहरमा आयोजना हुने अन्य सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुने भएको छ ।