(Japan) 30 th November | 2022 | Wednesday | 1:41:36 PM || (Nepal) 10:26:36 AM
 
 

परिजिता गायन 'रियालिटि शो' ‘द भ्वाइस’को अन्तिम १० मा छनौट

  POSTED ON : Wednesday, 23 November, 2022 | Views : 114

परिजिता गायन 'रियालिटि शो' ‘द भ्वाइस’को अन्तिम १० मा छनौट


काठमाडौं, नेपाल ।

विश्वकै चर्चित गायन रियालिटी शो 'द भ्वाइस'को प्रतिस्पर्धामा नेपालीमूलकी परिजिता बास्कोटा अन्तिम १० मा छनौट भएकी छन् ।

मंगलबार भएको प्रतिस्पर्धामा उनी दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् ।

उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरेका छन् । अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाइज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ ।

भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।