(Japan) 30 th November | 2022 | Wednesday | 1:42:14 PM || (Nepal) 10:27:14 AM
 
 

भिसामा शंका लागेपछि गायक प्रमोद खरेल र बादल थापालाई लेबनान अध्यागमनले २० घण्टा नियन्त्रणमा राख्यो

  POSTED ON : Monday, 14 November, 2022 | Views : 754

भिसामा शंका लागेपछि गायक प्रमोद खरेल र बादल थापालाई लेबनान अध्यागमनले २० घण्टा नियन्त्रणमा राख्यो


काठमाडौं, नेपाल ।

गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको छ ।

सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएर छाडेको हो । गायक थापाले आफुहरुलाई अध्यागमनले नियन्त्रणमा लिएको बारेमा पुष्टि गरेका छन् ।

उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका थिए ।

उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।

आयोजकमध्येका केही व्यक्तिले कार्यक्रम रोकिएकोबारेका खबरलाई फेसबुकमा पनि सेयर गरेका छन् । अध्यागमनले रोकेपछि केही दिनमा आफूहरु नेपाल फर्किन लागेको गायक थापाले बताए ।