टोकियो, जापान ।
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा राजधानी टोकियोमा अगष्ट ७ तारिख आईतबार चौतारो सांगितिक साँझ कार्यक्रम हुने भएको छ ।
तीजको अवसरमा टोकियो र आसपासमा रहनुभएका नेपाली महिलाहरुलाई लक्षित गर्दै तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरिएको चौतारो सांगितिक साँझ आयोजना गर्नुभएका केशव अधिकारीले जानकारी दिनुभयो ।
सांगितिक साँझ कार्यक्रममा जापानमा रहनुभएका झण्डै एक दर्जन चर्चित कलाकारहरुको उपस्थिति रहने भएको छ ।
सांगितिक साँझ टोकियोको कामतामा रहेको लोकप्रिय चौतारो रेष्टुरेण्टमा साँझ ५ बजेबाट आयोजना हुनेछ ।
सांगितिक साँझमा लोकप्रिय गायक सुर्य खड्का, सिता पुन, सम्पूर्ण राज पौडेल, मिना श्रीस मगर, बाँसुरी बाधक खडक पुन, प्रेम कुमार बस्नेत, हिरा श्रेष्ठ लगायत कलाकारले दुई दर्जन बढि लोकप्रिय तीज विशेष गीतमा सहभागीहरुलाई नचाउनेछन् ।
कामता स्टेशनबाट दुई मिनेटको दुरीमा रहेको १५० जनाको क्षमता रहेको रेष्टुरेण्टमा मिष्ठान्न परिकारसँगै तीजको अवसरमा नाचगान गर्दै रमाइलो लिन सकिनेछ । तीज विशेष नाचगान कार्यक्रममा सहभागीताको लागि युवा व्यवसायी केशव अधिकारीले सबैमा अनुरोध समेत गर्नुभएको छ ।