(Japan) 10 th August | 2022 | Wednesday | 8:19:11 PM || (Nepal) 5:04:11 PM
 
 

बहुचर्चित चलचित्र ‘प्रेम गीत ३’ सेप्टेम्वर २५ बाट जापानभर प्रदर्शन हुने

  POSTED ON : Thursday, 04 August, 2022 | Views : 448

बहुचर्चित चलचित्र ‘प्रेम गीत ३’ सेप्टेम्वर २५ बाट जापानभर प्रदर्शन हुने


टोकियो, जापान ।

बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ सेप्टेम्वर २५ तारिखबाट जापानभर प्रदर्शन हुने भएको छ ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानमा पनि रिलिज हुने भएको हो । 

स्व. छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कारण रिलिज हुन सकेको थिएन ।

यस चलचित्र सम्भवत नेपालकै पहिलो चलचित्र हुन सक्छ जुन हिन्दी भाषामा पनि डब भई नेपाल र भारतमा सँगसँगै रिलिज हुदै छ। चलचित्रको हिन्दी संस्करण नाम भने “विश्वजितम” राखिएको छ ।

चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएतापनि जापानमा भने सेप्टेम्बर २५ बाट मात्र प्रदर्शनींमा आउने खाबुसिकी खाईस्या सेभेन सामुराई ईन्टरनेशनलका संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनुभयो ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएको कारण तेस्रो सिक्वेल निर्माण भएको हो ।

यस चलचित्रको सेभेन सामुराईले जापानको अफिसियल विक्रेताको राईट पाएको छ ।

नेपालको काठमाडौं र जापानको सिजुओका केनको सिजुओका सीमा अवस्थित सेभेन सामुराई कम्पनिले कन्सल्टेसी, जिन्जाइ स्योकाइ, क्योदो कुमिआई, रेस्टुरेन्ट, हलाल फुड लगायत विभिन्न सेवाहरु दिदै आईरहेको छ ।

यस चलचित्रको प्रदर्शनीमा नेपाली लगायत विभिन्न देशमा मनि ट्रान्सफर सेवा दिदै आएको सिटी एक्सप्रेस जापानले पनि ईभेन्ट पार्टनर र ग्लोबल मल्टीमिडिया प्रालिले ब्यवस्थापन गरेको छ ।

सेभेन सामुराई ईन्टरनेशनल कम्पनी, सिटी एक्सप्रेस जापान र ग्लोबल मल्टीमिडियाको यो पहिलो संयुक्त सहकार्यमा हुने प्रेम गीत ३ को जापान शो जापानको १० शहरमा फिक्स भए पनि २३ शहरमा शो गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।