(Japan) 10 th August | 2022 | Wednesday | 8:24:56 PM || (Nepal) 5:09:56 PM
 
 

जापानी चलचित्र निर्देशक, अभिनेतालाई एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेज सदस्यता निम्तो

  POSTED ON : Thursday, 30 June, 2022 | Views : 826

जापानी चलचित्र निर्देशक, अभिनेतालाई एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेज सदस्यता निम्तो


टोकियो, जापान ।

जापानी फिल्म निर्देशक हामागुची रयुसुके र अभिनेता निशिजिमा हिदेतोशी लगायतलाई एकेडेमी पुरस्कार आयोजक समितिले सदस्यता ग्रहण गर्न निम्तो दिएका छन् ।

कूल ३९७ कलाकार र कार्यकारीहरुलाई संगठनमा आबद्ध हुन निमन्त्रणा पठाइएको मंगलबार एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेजले घोषणा गरेको हो ।

हामागुचीले निर्देशन गरेको जापानी फिल्म ड्राइभ माइ कारले सन् २०२२ को लागि उत्कृष्ट अन्तरराष्ट्रिय फिचर फिल्मको उपाधी पाएको थियो । यसमा निशिजिमा मुख्य भूमिकामा थिए ।

सदस्यता ग्रहण गर्ने निम्तो जापानी फिल्म निर्माता यामामोतो तेरुहिसा र स्क्रिप्टलराइटर ओई ताकामासालाई पनि पठाइएको छ । यी दुबैले पनि ड्राइभ माइ कारमा काम गरेका थिए ।

एकेडेमी अवार्डमा मनोनयनमा परेका वा अहिलेका सदस्यहरुलाई प्रायोजन गर्ने व्यक्ति सदस्यका लागि योग्य हुन्छन् । यस वर्ष सदस्यहरु ५० भन्दा धेरै देश र क्षेत्रबाट चयन गरिएको बताइएको छ ।