(Japan) 3 rd July | 2022 | Sunday | 5:10:59 AM || (Nepal) 1:55:59 AM
 
 

दर्शकहरुको विशेष अनुरोधमा टोकियोमा जुलाई १७ मा कबड्डी ४ को दोस्रो शो हुँदै

  POSTED ON : Thursday, 23 June, 2022 | Views : 122

दर्शकहरुको विशेष अनुरोधमा टोकियोमा जुलाई १७ मा कबड्डी ४ को दोस्रो शो हुँदै


टोकियो, जापान ।

जापान सहित नेपालमा समेत नेपाली चलचित्र प्रदर्शनको नयाँ किर्तिमान बनाएको सुपरहिट नेपाली चलचित्र 'कबड्डी ४' को टोकियोमा दोस्रो शो हुने भएको छ ।

राजधानी टोकियोमा यसअघि जुन ५ तारिख १३ सय दर्शक क्षमताको हलमा खचाखच दर्शक रहँदा समेत चलचित्र हेर्न नपाएर फर्कनुपरेका दर्शकहरुको विशेष अनुरोधमा आयोजकले आगामी जुलाई १७ तारिखमा दोस्रो पटक चलचित्र प्रदर्शन गर्न लागेको हो ।

जापानको एक दर्जन शहरमा भव्य प्रदर्शन भइसकेर थप एक दर्जन बढि शहरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ओसाका लगायत केही शहरमा भने अत्यधिक दर्शकको मागका कारण तीन शो सम्म भएको छ ।

कबड्डी ४ चलचित्रले जापानमा सबै किर्तिमान तोड्यो

'टोकियोमा यसअघि झण्डै १८ सय दर्शकले एकसाथ चलचित्र हेर्नुभयो' जापानको लागि चलचित्र कबड्डी ४ को प्रदर्शन अधिकार लिनु भएका युवा व्यवसायी सुभास लामिछानेले भन्नुभयो 'यस पटक अघिल्लो शो मा भएका कमजोरी सच्याउँदै सिट क्षमता भन्दा एकजना पनि दर्शक बढि नराख्नेगरि विशेष प्रदर्शनी गर्न लागिएको हो । यसअघि समय नमिलेर हेर्न नपाउनुभएका तथा नाकानो जेरो हलसम्म पुगेरपनि टिकट नपाएर फर्कन बाध्य हुनुभएका दर्शकहरुको विशेष अनुरोधमा यो शो गर्न लागिएको हो ।'

कोभिड महामारी सुरु भएपछि तीन बर्षको अन्तरालमा पहिलो पटक जापानमा नेपाली चलचित्र प्रदर्शन भएको हो । चलचित्रको प्रदर्शनले नेपाली चलचित्र उद्योग, कलाकार, लगानीकर्ता, नेपाली चलचित्रका दर्शक लगायत धेरै क्षेत्रमा नयाँ आसाको ढोका खोल्न सक्ने बताउँदै जापानमा चलचित्र वितरणको अधिकार पाउनुभएका लामिछानेले भन्नुभयो 'यस पटक पनि जापानमा रहनुभएका आम नेपालीहरु, संघसंस्था, व्यवसायि, साथिभाई, संचारकर्मी देखि सबैसबैबाट साथ पाउने अपेक्षा लिएको छु । जुलाई १७ तारिख फेरी एकपटक भव्य रुपमा आफ्नो साथिभाई, आफन्त परिवारजन र प्रियजनको साथम चलचित्र हेर्न टोकियो र आसपासको क्षेत्रबाट आउनुहुन्छ भन्ने विश्वास लिएको छु ।'

चलचित्र प्रदर्शन जुलाई १७ तारिख आईतबार टोकियो नाकानो स्थित नाकानो जेरो हलमा साँझ ६ ३० बजेबाट प्रदर्शन हुने आयोजकले जनाएको छ ।
...