(Japan) 17 th April | 2024 | Wednesday | 4:40:56 AM || (Nepal) 1:25:56 AM
 
 


होक्काइदो केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का महशुस

  POSTED ON : Sunday, 27 March, 2022 | Views : 3184

होक्काइदो केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का महशुस


होक्काइदो, जापान ।

जापानको होक्काइदो प्रान्त केन्द्र भएर आइतबार बिहान कडा भूकम्पको धक्का महसुस गरिएको छ । जापान मौसम बिज्ञान एजेन्सीका अनुसार बिहान ८ बजेर १५ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पबाट सुनामीको खतरा भने नरहेको एजेन्सीले जनाएको छ ।

भूकम्प जमिनको सतहबाट ६० किलोमिटर गहिराइ केन्द्र भएर गएको बताइएको छ । भूकम्पबाट कुनै पनि भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको तर निकट भविष्यमा समान स्तरको कम्पन जान सक्ने भएकाले सचेत रहन एजेन्सीका अधिकारीहरुले अनुरोध छन् ।