(Japan) 20 th April | 2024 | Saturday | 1:46:25 PM || (Nepal) 10:31:25 AM
 
 


शनिबार पश्चिमदेखि उत्तरपूर्वी जापानसम्म भारी वर्षाको अनुमान

  POSTED ON : Saturday, 19 March, 2022 | Views : 2288

शनिबार पश्चिमदेखि उत्तरपूर्वी जापानसम्म भारी वर्षाको अनुमान


टोकियो, जापान ।

जापानमा शनिबार पश्चिमदेखि उत्तरपूर्वसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । वर्षाले बुधबार शक्तिशाली भुँइचालो गएको उत्तरपूर्वी क्षेत्रलाई पनि प्रभावित बनाउने अनुमान गरिएको छ ।

जापानको मौसम विभागका अनुसार न्यून चापीय प्रणालीसहितको रेन फ्रन्ट शुक्रबारदेखि शनिबारसम्मै मुख्यभूमि जापानको दक्षिणी तटीय क्षेत्र भएर पूर्वतर्फ सर्नेछ ।

मियागी र फुकुशिमा प्रिफेक्चरमा शुक्रबारदेखि वर्षा वा हिमपात भएको छ । शनिबार झनै तीव्र बन्न सक्ने मौसम विभागले बताएको छ ।

शिकोकुमा १५० मिलिमिटरसम्म, उत्तरी क्युशु र ओकिनावामा १२० मिलिमिटरसम्म र कागोशिमाको आमामी पनि सय मिलिमिटरसम्म वर्षा हुने मौसम विभागको पूर्वानुमान छ । शुक्रबार साँझदेखि शनिबार साँझसम्मको एक दिनको अवधिमा मियागी र फुकुशिमामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुने अपेक्षा छ ।

मौसम अधिकारीहरुले सम्भावित पहिरो, बाढी आदि अवस्थाप्रति सचेत रहन सर्वसाधारणहरुलाई चेतावनी दिएका छन् । शक्तिशाली आँधी आउने, ठूलो छाल उठ्ने,बिजुली चम्कने, चक्रवात आउने लगायत अवस्थाप्रति पनि सतर्क रहन भनिएको छ ।